तालचोक बेगनास सडकमा विवादै विवाद

पोखरा ।
निर्माणाधीन तालचोक बेगनास सडकमा देखिएका समस्याहरूको बारेमा स्थानीय सरोकारवालाहरूसँग छलफल गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सम्पन्न छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी भएको छ ।
हाल उक्त सडकका चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट अफ वे, शिशुवा चोक स्थित राइट अफ वे भित्र रहेको पुरानो घर विस्थापन गर्नु पर्ने, देउराली खोलामा बन्ने पुलको उचाइ र त्रिकाङचोकदेखि तल सेन्टर लाइन र राइट अफ वेको समस्या रहेको पाइएको छ ।
यी समस्याहरूको समाधानमा लागि आवश्यक समन्वयका लागि नगर प्रमुख आचार्य, महनागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, दलका नेताहरू दिवसमान प्रधानांग र राधिकाकुमारी शाही योगी, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नम्बर २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गा सुवेदी र वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, योजनाका फोकल पर्सन इ.नवीन गौतम लगायत रहने गरी एक विवाद समाधान समिति गठन गरिएको छ ।
उक्त समितिले विवादहरूको समाधान गरी निर्माण कार्यमा आवश्यक सहजीकरण गर्नेछ । नगर प्रमुख आचार्यले महानगरको गौरवको आयोजनाको रूपमा रहेको उक्त आयोजनाको म्याद अब धेरै नरहेकाले समयमा नै सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताए । विश्व बैकको सहयोगमा निर्माण भइरहेको उक्त आयोजना निर्माणमा विलम्ब हुँदा त्यस क्षेत्रका नागरिकहरूले सास्ती खेप्नु परेको उनले बताए । आयोजनाका कारण स्थानीय उपभोक्ताहरूलाई परेको समस्याहरू माथि खुला छलफल गर्न महानगरपालिका तयार रहेको बताउँदै उनले अल्पकालीन भन्दा पनि यसको दीर्घकालीन फाइदाहरूका बारेमा सोच्न आग्रह गरे । आयोजना स्वच्छन्द सपना वल्डवाइड जेभिले निर्माणको ठेक्का पाएको छ ।









कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया