तहबृद्धिको निर्णय कार्यान्वयन गर्न कर्मचारी संगठनहरुको माग

पोखरा । गण्डकी प्रदेश सरकारबाट पाँचौं तहबाट छैटौं स्तरको तह वृद्धिको निर्णय शीघ्र कार्यान्वयन गर्न जोडदार कर्मचारीहरुले माग गरेका छन् ।
निजामती कर्मचारीका गण्डकीमा क्रियाशील संगठनहरुले शुक्रबार प्रदेशका प्रमुख सचिव र सचिवलाई यसबारेमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केशवराज ढकाललाई उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख सचिव बस्नेतले ऐन नियम कार्यान्वयनका लागि सरकार लागिरहेको र आवश्यक सरसल्लाह गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश निजामती सेवा ऐनको दफा २८ र नियमावलीको नियम ५२ बमोजिम भएको तह वृद्धि अनुसार अगाडि बढ्न कर्मचारीहरुले स्मरण गराएका हुन् ।
गण्डकी प्रदेश तथा कास्की जिल्लास्थित क्रियाशील ट्रेड युनियनहरुको संयुक्त बैठकबाट भएका निर्णय उनीहरुले मागका रुपमा पेस गरेका हुन् ।
यसैगरी प्रदेश निजामती सेवा ऐन, गण्डकी प्रदेश तथा प्रस्तावित संघीय निजामती सेवा ऐन समेतलाई संशोधन र निर्माणको लागि उनीहरुले संयुक्त सुझाव समिति गठन गरेका छन् । जसको संयोजकमा नेपाल निजामती कर्मचारी संगठन गण्डकीका अध्यक्ष डोलराज पराजुली छन् ।
सदस्यमा नेपाल निजामती कर्मचारी युनियन गण्डकी अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय कर्मचारी संगठन निजामती गण्डकीका नारायणराज सापकोटा, एकीकृत सरकारी कर्मचारी संगठन गण्डकी प्रदेश अध्यक्ष सोमलाल तिवारी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अध्यक्ष भरत भुसाल, नेपाल निजामती कर्मचारी संगठन, कास्की अध्यक्ष विष्णुदेवी पोखरेल, नेपाल निजामती कर्मचारी युनियन, कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठ सदस्य छन् ।
राष्ट्रिय कर्मचारी संगठन निजामती, कास्की अध्यक्ष पदमलाल अधिकारी र एकीकृत सरकारी कर्मचारी संगठन, कास्की अध्यक्ष गुरुप्रसाद पोखरेल पनि सदस्य छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया