मिलन सङ्ग्रौलाको नयाँ उपन्यास ‘बावऋ’

काठमाडौं । लेखक मिलन सङ्ग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण गरिएको छ । काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरियो । बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा मात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको मीठो प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताइन् । सबै किसिमका पाठकका लागि उपयोगी उपन्यास आएको भन्दै उनले उपन्यासको प्रशंसासमेत गरिन् । भनिन्, ‘उपन्यासको भाषाशैली आकर्षक छ, यसले पाठकलाई बाँधेर राखिरहन्छ ।’
उपन्यास आदर्श प्रेमको कथ्यमा आधारित रहे पनि यसले समाजका धेरै तहलाई उधिनेको अर्का वक्ता एवम् लेखक प्रवीण खतिवडाको भनाइ छ । ‘मुख्य पात्रको यात्रासँगै आउने सहायक पात्रहरूको कथाले पनि उपन्यासलाई निकै ओजिलो बनाएको छ,’ उनले भने, ‘उपन्यासमा प्रयुक्त मौसमअनुरूपका अध्यायले भावनात्मक रूपमा पाठकलाई उसरी नै महसुस गराउँछन् ।’
उपन्यासको फर्म र कथ्य शैली आफूलाई मन परेको खतिवडाले जनाए । ‘उपन्यासले हालको राज्यसत्ता र यसका सरोकारवालालाई एउटा ठूलो प्रश्न पनि गरेको छ,’ उनले भने ।
आफूले साढे पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको लेखक मिलन सङ्ग्रौलाले बताए । ‘मैले किशोर अवस्थामा भोगेको एक कालखण्डको भोगाइसँग उपन्यास नजिक छ,’ उनले थपे, ‘एउटा कालखण्डको भोगाइसँगै हुर्किएको एउटा प्रेमकथा हो— ‘बावऋ’ । मनैदेखि भन्न मन लागेको यो कथा अब पाठकका हातमा पुगेको कुराले म एकदम पुलकित छु ।’
कथासङ्ग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसकेका सङ्ग्रौलाको ‘बावऋ’ तेस्रो कृति हो । फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिको मूल्य ५६० रुपैयाँ छ









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया