बैदामका डिएसपीले गरे समुदायसँग छलफल

पोखरा ।
समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सबै पक्षको सामूहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्वारा आयोजित छलफल कार्यक्रमका सहभागीले सुरक्षाको विषयमा सामूहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागीहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगति नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्ने विश्वास व्यक्त गरे ।
कानुनी मान्यता र अधिकारका आधारमा सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने गरी काम गर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि समुदायसँगको सहकार्यको आवश्यकता औंल्याए ।
कार्यक्रममा वडा प्रहरी बैदाम कार्यक्षेत्र अन्तर्गतका पोखराका ११ वडाका जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले सहभागिता थियो ।
प्रहरी निरीक्षक कमल पोखरेलले स्थानीयको सुझावका आधारा शान्ति सुरक्षामा सहकार्य गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा सुझावका लागि पर्यटन व्यवसायी, उद्योगी, सञ्चारकर्मीसँग छलफल कार्यक्रम गरिने तयारी गरिएको उनको भनाइ छ ।









१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया