विद्युत् प्राधिकरण सञ्चालक समितिका २ जना सदस्य बर्खास्त

समाधान संवाददाता २०८१ साउन २० गते १७:०४

काठमाडौं‌ । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई जना सदस्यलाई हटाएको छ। ऊर्जामन्त्री दीपक खड्काले सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यबाट हटाएका हुन्।

Advertisement

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न नहुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो। उनीहरूले साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए।

मन्त्री खड्काले उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै स्पष्टीकरण पत्र बुझाएकै दिन साउन १८ गते सञ्चालक समितिको सदस्यबाट हटाएका हुन्।

Advertisement

यही बक्यौताका कारण अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच पनि निकै दुरी बढेको छ।

Advertisement

तपाईको प्रतिक्रिया