बिमाको लोभले आफ्नै पसलमा आगो लगाउने सुजन

पोखरा । आफ्नै पसलमा आगो लगाएर बिमा कम्पनीबाट रकम असुल्न सुजन गहतराजले गरेको प्रयास असफल भएको छ । साथी पवन नेपालको सहयोग लिएर उनले साउन १६ गते राति पोखराको नारेश्वरस्थित मुक्तिनाथ सपिङ सेन्टर प्रालिमा आगो लगाएका थिए ।
पवित्रा अधिकारीको नाममा रहेको उक्त पसल थानेश्वर पहारीको घरमा सञ्चालित थियो । आगलागीको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रनाउ सन्तोष निरौलाको कमाण्डको प्रहरी कर्मचारीहरु, पोखरा महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी र स्थानीयको प्रयासमा बिहान ३ बजेतिर आगलागी नियन्त्रणमा आएको थियो ।
आगो लगाउने सुजन र उनलाई सघाउने पवनलाई प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुजनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले नयाँ इन्भटर जडान गरेको र सोही इन्नभटरको वाइरिङवाट सर्ट भई आगो लागेको बताएका थिए । उनले मैले पसलको बिमा नगराएको बयान समेत दिएका थिए ।
प्रहरीले सुरुदेखि नै सुजन र आगलागी घटनालाई शंकालु पारेर हेरिरहेको थियो । त्यसै क्रममा प्रहरीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग बुझ्यो । इनभटरबाट आगो नलाग्ने बरु जोड्ने क्रममा बिग्रन सक्ने जवाफ प्रहरीले पायो । विद्युत प्राधिकरणसँग बुझ्दा पनि बिजुलीमा कुनै कैफियत नरहेको जवाफ आयो ।
त्यसपछि प्रहरीले अलि मिहीनरुपमा अनुसन्धान थाल्यो । । सुजनले पसलको बिमा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड पोखरा शाखाबाट गरेको थाहा भयो । अनि सुजनले आगलागीकै भोलिपल्ट अर्थात् साउन १६ गते बिमा दाबीको लागि निवेदन समेत पेस गर्छन् ।
उता सुजनले १७ गते नै वडा प्रहरी कार्यालय वैदाममा आगलागीको घटनाबारे अनुसन्धान गर्न भनी निवेदन दिन्छन् । उनले २ करोड १० लाख बराबरको इन्स्योरेन्स गरेका थिए । योजना बुनेरै उनले बिमा गराएको र त्यही अनुसार आगजनी गरेको भन्ने प्रहरीको आशंका सत्य सावित भयो ।
घटना हुने दिने राति सुजनले घरबाट गाडीमा स्प्रिटको ग्यालेन राखेको हुन्छन् । रातको अन्दाजी ११ बजे सुजनले साथी पवन नेपाललाई बोलाउँछन । उनीहरुको भेट ड्यामसाइडको फेवा झिर रेस्टुरेन्टमा हुन्छ । त्यहाँ उनीहरुले ५ वटा बियर पिउँछन ।
योजना मुताविक सुजन र पवनले पानी परेको दिन सबै सुत्छन् मानिसको चहलपहल हुँदैन त्यही बेला पसलमा आगो लगाउने सरसल्लाह हुन्छ ।
पसल सञ्चालकको पसल खासै धेरै नचलेको र सामान ठूलो मात्रामा स्टक भएको र घरधनी समेतसँग भाडा लगायतका कुरामा विवाद रहेको प्रहरीले बताएको छ । शंका लागेर सुजनलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सबै काम योजना अनुसार नै गरेको स्वीकार गरेका छन् ।
पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट पवनले इन्स्योरेन्सबाट ३१ लाख रुपैया लिएका थिए । त्यसैबाट प्रभावित भएर आफूले योजना बनाएको सुजनले स्वीकारेका छन् ।
सुजनले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा पवनसमेत पसलमा पुुगेका थिए । उनीहरु दुवैजना १०/१५ मिनेट भित्र बसी बाहिर निस्की सुजनले सटर लगाइ हतारहतार गाडी लिएरु तालबाराही स्कुल गएका थिए । त्यतिबेला पवन पसलकै बाहिर बसेका थिए । एकछिनपछि पवनले सलाई कोरेर फाली गाडीकै पछि लागेका थिए ।
प्रहरीले उनीहरुलाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट ७ दिन म्याद थप भई अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार सुजन यसअघि जुवामुद्दामा पक्राउ परी छुटेका थिए । पवन भने यसअघि यस्ता घटनामा संलग्न भएको नपाइएको प्रहरीले जनाएको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया