कास्कीको कम्युनिष्ट आन्दोलनका अगुवा भण्डारीको निधन

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ साविक कालिका गाविस वडा नम्बर ३ का पूर्ववडाध्यक्ष तुलसीप्रसाद भण्डारीको निधन भएको छ । विक्रम सम्वत १९९० साल असोजमा कालिकाको सिद्धीपुरमा जन्मेका भण्डारीको ९१ वर्षको उमेरमा आइतबार साँझ उहाँकै निवासमा निधन भएको हो । भण्डारी केही सयमदेखि निमोनिया रोगबाट पीडित थिए ।
२०१५ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेका भण्डारी २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट कालिका गाविस वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । कास्कीकै पुराना कम्युनिष्ट पार्टी सदस्य भण्डारी जीवनभर सामाजिक कार्यमा सक्रिय थिए ।
भण्डारीको सोमबार सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णा थापा, राजीव पहारी र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पार्टीको झण्डा ओढाएर भण्डारीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
भण्डारी कास्कीको कम्युनिष्ट आन्दोलनको अगुवा भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए । ‘ भण्डारी हाम्रो पुस्ताको प्रेरणाको स्राेत हुनुहुन्छ,’ अधिकारीले भने,‘ कास्कीको कम्युनिष्ट आन्दोलनका अगुवा र अभिभावक हामीले गुमायौं ।’
स्वर्गीय भण्डारीका २ छोरा र २ छोरी छन् भने २ छोराको यस अघि नै निधन भइसकेको छ ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया