कास्कीको कम्युनिस्ट आन्दोलनका अगुवा भण्डारीको निधन

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ साविक कालिका गाविस वडा नम्बर ३ का पूर्ववडाध्यक्ष तुलसीप्रसाद भण्डारीको निधन भएको छ । विक्रम संवत १९९० साल असोजमा कालिकाको सिद्धिपुरमा जन्मिएका भण्डारीको ९१ वर्षको उमेरमा आइतबार साँझ उनकै निवासमा निधन भएको हो । भण्डारी केही सयमदेखि निमोनिया रोगबाट पीडित थिए ।
२०१५ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेका भण्डारी २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट कालिका गाविस वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । कास्कीकै पुराना कम्युनिस्ट पार्टी सदस्य भण्डारी जीवनभर सामाजिक कार्यमा सक्रिय थिए ।
भण्डारीको सोमबार सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णा थापा, राजीव पहारी र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पार्टीको झण्डा ओढाएर भण्डारीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । भण्डारी कास्कीको कम्युनिष्ट आन्दोलनको अगुवा भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए ।
‘भण्डारी हाम्रो पुस्ताको प्रेरणाको स्रोत हुनुहुन्छ,’ अधिकारीले भने,‘ कास्कीको कम्युनिस्ट आन्दोलनका अगुवा र अभिभावक हामीले गुमायौं ।’ स्वर्गीय भण्डारीका २ छोरा र २ छोरी छन् भने २ छोराको यसअघि नै निधन भइसकेको छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया