जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

पोखरा ।
जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीले प्रहरी कर्मचारी, सेवाग्राही र थुनुवालाई लक्ष्य गरी पुस्तकालय चलाएको छ । जिप्रका कास्की हाताभित्र छुट्टै भवनमा पुस्तकालय सञ्चालनमा छ ।
‘द लाइब्रेरी क्याफे’ नाम दिइएको पुस्तकालयमा कफीसँगै अध्ययनका लागि पुस्तकहरु उपलब्ध छन् । अपराध अनुसन्धान शाखा र जिप्रका कास्की मातहतका सबै हिरासतमा समेत पुस्तकहरु राखिएका छन् । एसपी रमेश थापाका पालामा २०७९ असार १३ गते सुरु भएको पुस्तकालयमा पुस्तक थप्न कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले अग्रसरता लिएका हुन् ।
गत वर्ष प्रमुख प्रमुखका रुपमा आएपछि थापाले सार्वजनिक आह्वान गरी पुस्तक संकलन गरेका हुन् । ‘म आउनुअघि १ हजार जति पुस्तक थिए । हामीले सार्वजनिक आह्वान गरेपछि ३ हजार जति पुस्तक थपिएका छन्,’ थापा भन्छन्, ‘पुस्तक थपिने क्रम जारी छ । यहाँ आएर सर्वसाधारणले समेत अध्ययन गर्न पाउनुहुन्छ । कफी मेकरमा आफैं कफी बनाएर सित्तैमा खान पाउने व्यवस्थासमेत मिलाएका छौँ ।’
पुस्तकालय व्यवस्थापनका लागि २ प्रहरी खटाइएका छन् । पुस्तकालयमा छ हजार जति पुस्तक राख्ने स्थान उपलब्ध छ । थप पुस्तक संकलन भए अरु हिरासत कक्षहरुमा पनि राख्ने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतसहित वडा प्रहरी कार्यालयहरु रामबजार, बैदाम, बगर र इलाका प्रहरी कार्यालय शिशुवाका हिरासतमा पनि पुस्तकहरु राखिएका छन् । ‘प्रहरी कर्मचारी, थुनुवासहित सर्वसाधारणले पुस्तक पढ्न सकून्, समय व्यतीत गर्न सजिलो होस् र किताबले जीवन सिकाओस् भनी सानै भए पनि पुस्तकालय बनाएका हौँ,’ थापा भन्छन्, ‘ज्ञान आर्जन गर्ने निश्चित समय र स्थान हुँदैन । यहाँ रहँदा पनि ज्ञान आर्जन गरी भावी जीवन नागरिकले उज्ज्वल बनाउन सकून भन्ने हाम्रो ध्येय हो ।’ उनले आफूले जिप्रका कास्कीलाई नयाँ वा आफूले पढिसकेका विभिन्न क्षेत्रका पुस्तक प्रदान गर्नसमेत अनुरोध गरेका छन् ।









महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया