सिसा रहेछ गीतको छायांकन सकियो
समाधान संवाददाता
२०८१ साउन २२ गते ११:४२

पोखरा ।
सिसा रहेछ गीतको भिडियो छायांकन सकिएको छ । गीतमा झलक थापा, नरेश केसी र सुस्मिता बञ्जारा, शंकरलाल जोजिजू, ज्योतिप्रकाश आचार्य लगायतको अभिनय छ ।
भिडियोको निर्देशन राम बास्तोलाले गरेका हुन् । क्यामेरा मेनमा दिपेश केसी छन् । गीतका रचनाकार तेज श्रेष्ठ ‘अन्जान’ हुन् भने संगीत र स्वर गायक रामभक्त जोजिजूको छ ।
गीतको एरेन्ज र मीक्सिङ गितार प्रशिक्षक संजीव पालले गरेका हुन् । गीतको रेकर्डिङ जेई स्टुडियो फूलबारी गरिएको हो । गीत छिट्टै बजारमा आउने तयारीमा रहेको टिमले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया