सन्ध्या आरतीमा बैदामका डिएसपी निरौलालाई स्वागत

समाधान संवाददाता २०८१ साउन २५ गते १४:२३

पोखरा ।
फेवाताल किनारा स्थित बाराहीघाटमा आयोजित सन्ध्या आरतीमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरिक्षक(डिएसपी) सन्तोष निरौलालाई स्वागत गरिएको छ ।

Advertisement

यस क्षेत्रमा शान्ति, सुरक्षाको जिम्मेवारीका साथ १५ दिन अघिमात्र सरुवा भई आएका भएका निरौलालाई माता तालबाराही सेवा समिति अध्यक्ष ढाकाबहादुर थापा, पूर्व अध्यक्षहरु गिरिराज अधिकारी र मंगल नेपालीले स्वागत गरेका हुन् ।


प्रहरी नायब उपरीक्षक निरौलाले पर्यटकीय राजधानी पोखराको शान्ति, सुव्यवस्था कायम गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता गरे । साँझको समयमा फेवाताल किनारामा महाआरती सञ्चालन गर्दा समग्र मानिसमा सकारात्मक सन्देश प्रवाह भई नकारात्मक सोच अन्त्य हुनेमा जोड दिंदै उनले धार्मिक एवं आध्यात्मिक ज्ञानको माध्यमबाट समाजमा शान्ति, सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement


२०७५ असोज २४ गते घटस्थापनाका दिनबाट सञ्चालन भएको सन्ध्या आरती कोभिडको समय होस् वा वर्षात, निरन्तर चलिआएको माता तालबाराही सेवा समितिका अध्यक्ष ढाकाबहादुर थापाले बताए । संस्थाका निवर्तमान अध्यक्ष नेपालीले परिवारका सदस्यको जन्मदिनमा वा पुण्यतिथिमा आरतीमा कर्ता बन्नेको संख्या दिन प्रतिदिन वृद्धि हुँदा आरती सञ्चालनमा सहयोग पुग्ने गरेको उल्लेख गरे ।


यसले पर्यटकीय राजधानी पोखरा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको उनको भनाइ छ । फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको समीप बाराही घाटमा प्रत्येक दिन साँझ तीन युवा पण्डितबाट संगीतमय धुनमा हुने सन्ध्या आरतीमा सवै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाईमा पर्ने गरेको छ ।

Advertisement


आरतीमा धूप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदान, लाछीधागो, फुलपाती लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने पण्डित तथा आरती समितिका कोषाध्यक्ष मदनराज न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया