जुनसुकै पुरानो बाइकसँग यामाहाको नया बाइक साट्न पाइने

पोखरा ।
यामाहा कम्पनीका माेटर साइकल र स्कुटरको गण्डकी प्रदेशको अधिकृत विक्रेता विश्वकर्मा अटो वर्क्स प्रालिले यामाहा एक्सचेन्ज एण्ड अपग्रेड अफर सञ्चालन गरेको छ ।
यही साउन २७ गते देखि सुरु भएको एक्सचेन्ज अफर ३२ गतेसम्म सञ्चालन हुने विश्वकर्मा अटो वर्क्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए । सो एक्सचेन्ज अफर पोखराको नयाँ बजारस्थित यामाहाको आफल्नै शो रुममा चलिरहेको छ ।
प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार यो अफर सञ्चालन भएको अवधिभर जुन सुकै पुराना मोडलका माेटर साइकल र स्कुटरसँग यामाहाका नयाँ मोटर साइकल र स्कुटर साट्न पाइनेछ ।
जुन सुकै कम्पनीका भए पनि पुराना बाइकलाई आकर्षक मुल्य दिएर उहाँहरुले चाहेको यामाहाको जुन सुकै ब्राण्ड खरिद गर्न सक्नु हुनेछ– श्रेष्ठले समाधानसँग भने ।
यो अफर अवधिभर नयाँ यामाहा किन्ने वा साट्नेले ६ हजार रुपैया नगद छुट पाउनुका साथै स्मार्ट हेल्मेट समेत सित्तैमा पाउने पाउने छन् ।
प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार एक्सचेन्ज पछिको थप रकम किस्ताबन्दीमा तिर्न चाहनेका लागि पनि सजिलै फाइनान्सको व्यवस्था समेत कम्पनीले गरेको छ । यही मौकाको फाइदा उठाएर नयाँ बाइक चढ्ने चाहाना पुरा गर्न श्रेष्ठले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया