मझेरीपाटनमा सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिता हुँदै

समाधान संवाददाता २०८१ साउन २७ गते १६:५०

पोखरा ।
पोखरा १४ मझेरीपाटन स्थित रामेश्वरी स्कुल मैदानमा मेरो नेपाल युवा क्लबको आयोजनामा असोज १९ गतेदेखि छैटौं सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक मेरो नेपाल युवा क्लबले शनिबार क्बलको सभाहलमा कार्यक्रम राख्दै छैटौं संस्करणको फुटबल प्रतियोगिता गर्ने घोषणा गरेको हो ।

Advertisement

प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको क्लबका अध्यक्ष एकेन्द्र कुँवरले सुनाए । द्धितिय पुरस्कार १ लाख १ हजार एक सय ११ छ । प्रतियोगितामा हाई स्कोर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ५ हजार र अनुशासित टिमलाई दर्ता शुल्क बराबर पुरस्कार दिने अध्यक्ष कुँवरले जानकारी दिए ।

टिम दर्ताका लागि ७ हजार ५ सय रूपैया लाग्ने कार्यक्रम संयोजक दिनेश कुँवर बताए । उनी क्लबका उपाध्यक्षसमेत हुन् । संयोजक कुँवरका अनुसार प्रतियोगितामा ५० बढी टिम दर्ता हुने आकलन रहेको सुनाए ।

यस्तै प्रतियोगिता सफल पार्न क्बलले गर्न अर्थ संकलन समिति, खेलाडी तथा टिम व्यवस्थापन उपसमिति, शान्ति सुरक्षा उपसमिति, मैदान व्यवस्थापन समिति, स्वंम सेवक परिचालन उपसमिति, खानेपानी व्यवस्थापन समिति, संघ संस्था परिचालन उपसमिति र प्रचार—प्रचार उपसमिति गठन गरेको छ ।

यस्तै, स्वास्थ्य उपसमिति, कार्यक्रम तयारी उपसमिति, खाजा तथा खाना व्यवस्थापन उपसमिति, सांस्कृतिक उपसमिति लगायतका उपसमितिहरु बनाइएको छ ।

Advertisement

प्रतियोगिताको प्रचारप्रसार उपसमितिको संयोजक पृथ्वी कुँवर छन् । कुँवरका अनुसार संस्थाले प्रत्येक दुई वर्षमा प्रतियोगित गर्दै आएकाले यसवर्ष पुरस्कार राशी पनि बढाइएको बताए । यस्तै प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी पनि सहभागी हुने क्बलका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिए ।


०४६ प्रजातन्त्र पुनस्थापना भएपछि मेरो नेपाल युवा क्लब स्थापना भएको हो । यो क्लब पोखराको पुरानो क्लब हो । यसले प्रत्येक दुई/दुई वर्षमा प्रतियोगिता गर्दै आएको भएको छ । क्लबका अध्यक्ष कुँवरका अनुसार यो प्रतियोगिताले पोखरा १४ लाई एक सुत्रलाई बाध्ने काम गरेको सुनाए ।

क्लबका निवर्तमान अध्यक्ष दिवस कुँवरले मेरो नेपालले गर्ने फूटबल प्रतियोगिताले पोखरा १४ को परिचय बनाएको बताए । क्लबमा लागेदेखि नै समाजप्रतिको उत्तरदायित्व बढेको बढेको उनको भानाइ थियो ।

तपाईको प्रतिक्रिया