पूर्व मेयर जिसीलाई मातृशोक

समाधान संवाददाता २०८१ साउन २८ गते १३:१०

पोखरा ।
पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीलाई मातृशोक परेको छ ।

Advertisement


जिसीकी आमा मानकुमारी जिसीको ९१ वर्षको उमेरमा आइतबार साँझ उनकै निवास पोखरा–२८ कालिका देउमाडीमा निधन भएको हो । मानकुमारी केही दिनदेखि बिरामी थिइन् । देउमाडीबाट शवयात्रा सहित पोखरा रामघाटको सेती नदिमा सोमबार बिहान उनको दाहसंस्कार गरिएको नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।

पार्टीका स्थायी कमिटीका सदस्य किरण गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले मानकुमारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिए । मानकुमारीलाई श्रदाञ्जली दिन स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्य कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापा, कृष्ण केसी लगायतका नेता रामघाट पुगेका थिए ।

Advertisement


मानकुमारीका पति नरबहादुर, छोराहरु मानबहादुर, सूर्यबहादुर, कृष्णबहादुर र रामबहादुर जिसी छन् । उनकी छोरी तीर्थकुमारी बराल छन् । अध्यक्ष क्षत्रीका अनुसार आमा मानकुमारीले भूमिगत कालमा पार्टीका नेता तथा कार्यकर्तालाई सेल्टरदाताको रुपमा काम गरेकी थिइन् । उनले हिजोको कठिन परिस्थितिको बेलामा दिन रात नभनी नेता तथा कार्यकर्तालाई खाना पकाएर खुवाउने आमा मानकुमारीको निधनले मर्माहत भएको जनाएका छन् ।


नेकपा मालेहुँदै नेकपा (एमाले)निर्माण एवं कम्युनिस्ट आन्दोलनमा जिसी परिवारको योगदान रहेको उनले उल्लेख गरे ।
यसैबीच नेकपा (एमाले )पोखरा महानगर कमिटीले पोखराका निवर्तमान मेयर जिसीका माता एवं पार्टीका असल अभिभावक मानकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष जीवन आचार्यले मानकुमारीको निधनले एमालेका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया