गीताञ्जलीले ३ सर्जकलाई सम्मान गर्ने

समाधान संवाददाता २०८१ साउन ३० गते १३:२६

पोखरा ।
गीताञ्जली साहित्य परिवार पोखराले यसपालि ३ विधामा सर्जकलाई सम्मान गर्ने भएको छ । गीताञ्जली साहित्य रत्न पुरस्कार, रुक्मिणा नाराणदत्त(रुना) साहित्य पुरस्कार र तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार प्रदान गर्न लागिएको हो ।

Advertisement


गीताञ्जली साहित्य रत्न पुरस्कार लघुकथाकार कल्याण पन्तलाई प्रदान गरिने भएको छ । यो पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा जगमान गुरुङ, तारानाथ पाखे, डा नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्राडा कुसुमाकर न्यौपाने र प्राडा जगन्नाथ रेग्मी सम्मानित भइसकेका छन् ।


संस्थाद्वारा सञ्चालित मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार असफल गौतमलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारबाट यसअघि रत्नशमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भइसकेका छन् । दुवै पुरस्कारको राशि जनही नगद २५ हजार र सम्मानपत्र छ ।


यस्तै, रूना साहित्य पुरस्कार संस्थाका सल्लाहकार तीर्थराज अधिकारीले स्थापना गरेको परिवारका अध्यक्ष भानु भण्डारी क्षितिजले जानकारी दिए । तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार बालिका इडिभा खतिवडालाई प्रदान गरिने भएको छ ।


प्राडा जगन्नाथ रेग्मीको संयोकत्वमा बनेको ३ सदस्यीय प्रतिभा छनोट समितिको सिफारिस बमोजिम पुस्तकृत गर्न लागिएको हो । समितिका सदस्यमा अक्षयकोषदाता तीर्थराज अधिकारी र संस्थाका अध्यक्ष भानु भण्डारी (क्षितीज) थिए । तिन सदस्यीय प्रतिभा छनौट उपसमितिले दिएको प्रतिवेदन कार्यसमितिबाट अनुमोदन गरि सार्वजनिक गरिएको हो ।

Advertisement


भदौ १ गते हुने समारोहमा तीन स्रष्टालाई सम्मानसहित साहित्यकार तीर्थराज अधिकारी कृति सारवतसमेत सार्वजनिक गरिने तय छ ।

तपाईको प्रतिक्रिया