६८ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ साउन ३१ गते १६:२६

पोखरा।
नेपाली विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश समितिले बुधबार खुला रक्तदान कार्यक्रम गरेको छ ।

Advertisement


प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटमा भएको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको समिति अध्यक्ष नारायण पन्थीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यले विद्युत प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गरेको बताए । उनले मानवीय सेवाका अलवा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युनियनहरुले रक्तदान कार्यक्रम गरेको उल्लेख गरे ।


प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले प्राधिकरणले उपभोक्ताले सहज र सरल ढंगबाट सेवा दिएको दाबी गरे । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका संस्थापक नेता रामप्रसाद खनाल, युनियनका महासचिव शंकरबहादुर क्षत्री, युनियनका केन्द्रीय उमहासचिव हरिप्रसाद पौडेल, नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रे्ड युनियन कर्मचारी संघ गण्डकी प्रदेशका सचिव हरिश बुढा, राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र हमाल, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश समितिका सचिव सीता सिग्देल, कर्मचारी युनियन गण्डकी प्रदेशका पूर्व अध्यक्ष डिल्लीराम गिरी लगायतले विद्युत प्राधिकरणको स्थापना दिवसको बारेमा बोलेका थिए ।


‘समृद्ध संस्था, सुखी पेशाकर्मीका लागि मर्यादित ट्रेड युनियन, जनउत्तरदायी सबल र सुदृढ संस्थान’ भन्ने नाराका साथ युनियनले नियमित रुपमा रक्तदान लगायतका सामाजिक काम गर्दै आएको छ । ‘रक्तदान, जीवनदान, जीवनदान महादान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया