कोमागाने पार्कमा वृक्षरोपणसहित चौतारा निर्माण

पोखरा ।
लायन्स क्लब अफ पोखरा इन्फर्मेसन एन्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षरोपण गरेको छ । बिहीबार आयोजित वृक्षरोपण कार्यक्रमको अवसर पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरियो ।
लायन्स क्लब ३२५ आई डिस्ट्रकका गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेसन एन्ड टेक्नोलोजीद्वारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेसन टेक्नोलोजीले नाम अनुसारको काम गरेको बताए । फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले उक्त ठाउँमा घुम्न आउने पर्यटकलाई विश्राम गर्न सहज हुने विश्वास व्यक्त गरे ।
कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले केदारेश्वर मन्दिर नजिकै रहेको कोमागाने पार्कमा लायन्स क्लब अफ पोखरा इन्फर्मेसन एन्ड टेक्नोलोजीले चौतारा निर्माणसँगै व्यवस्थित रुपमा गुल्महरका बिरुवाहरु रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद व्यक्त गरे ।
सूर्य पोख्रेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको थियो । बिरुवाको संरक्षणको लागि समेत बाँसको बार लगाइएको थियो । सो अवसरमा कोमागाने पार्क व्यवस्थापन समितिका सदस्य हेमराज पहारी, जोन चियर पर्सन मात्रिका पौडेल, रिजन चियर पर्सन कृष्णकुमार श्रेष्ठ, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिस्ट्रिक कोडिनेटर प्रेम दहाल, वातावरण प्रमुख डासिराम सापकोटा लगायतको उपस्थिति थियो ।
क्लबका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष रावत तामाङ गोम्जाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश अर्यालले गरेका थिए ।









माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया