गण्डकी सरकारले गर्‍यो उपसचिवसहित ८७ कर्मचारीको सरुवा – सूचीसहित

समाधान संवाददाता २०८१ भदौ १ गते ६:३१

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले नवाै‌ र दसाै‌ तहका उपसचिवसहित विभिन्न सेवा समूहका ८७ जनाको सरुवा गरेको छ । जगेडामा रहेका कर्मचारीलाई जिम्मेवारी दिनेदेखि अवधि पुगेकाको सरुवा, अवधि नपुगेकालाई कामकाज र नयाँलाई पदस्थापन गरेको हो ।

Advertisement

मुख्यमन्त्री कार्यालयले साउन महिनाभित्र सरुवा गरिसक्नु पर्ने नियम अनुसार अन्तिम दिनमा सरुवा सूची सार्जजिक गरिएको हो ।

यातायात व्यवस्था कार्यालय कास्की सवारीमा लामो समय काम गरेका उपसचिव डिल्लीराम रिजाललाई तानेर मुख्यमन्त्री कार्यालय राखिएकामा आर्थिक मामिला मन्त्रालय पठाइएको छ । यातायातमा नवलपुरबाट मीलनबहादुर केसीलाई काजमा तानिएको छ ।

Advertisement

मुना अधिकारीलाई प्रशिक्षण प्रतिष्ठानबाट सामाजिक विकास मन्त्रालयमा सरुवा गर्दा पर्यटन तथा उद्योग कार्यालय कास्कीबाट महराज ढकाललाई पर्यटन तथा उद्योग मन्त्रालय खटाइएको छ । ढकालको ठाउँमा मन्त्रालयबाट दिनेशप्रकाश आचार्य गएका छन् ।

आर्थिक मन्त्रालयका श्रीप्रसाद अधिकारी स्वास्थ्य निर्देशनालय गएका छन् । प्रभाकर घिमिरे पर्यटन तथा उद्योग कार्यालय नवलपुरबाट गण्डकी प्रशिक्षण प्रतिष्ठानमा काजमा तानिएका छन् ।

Advertisement

सरुवाको सूची

तपाईको प्रतिक्रिया