२७ जना फरार प्रतिवादी पक्राउ
समाधान संवाददाता
२०८१ भदौ १ गते १३:०२

पोखरा ।
अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । साउन १ गतेदेखि ३२ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले सम्मानित २२ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको प्रनाउ वसन्तकुमार शर्माले बताए ।
उनीहरुबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र २ लाख १० हजार ८ सय २५ रुपैयाँ असुल गर्नको लागि अदालतमा उपस्थित गराएको छ । पक्राउ पर्नेमध्ये चेक अनादार मुद्दामा १३ जना, लागू औषध मुद्दामा ५ जना, चोरी सम्बन्धी मुद्दामा ३ जना, केही सार्वजनिक अपराध मुद्दामा २ जना, आगो लगाएको सम्बन्धी मुद्दामा २ जना र लेनदेन बिगो सम्बन्धी मुद्दामा २ जना छन् ।
सम्बन्धित








लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया