लिबर्टी माइक्रो लाइफले आइपिओ जारी गर्ने

पोखरा । पोखरामा मुख्य कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने भएको छ । पोखरामा शुक्रबार बसेको कम्पनीको विशेष साधारणसभाले उक्त निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समिति अध्यक्ष निकोलस पाण्डेले कम्पनीको जारी पुँजी अन्र्तगत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत रकम २२ करोड ५० लाख रुपैयाँको प्रति कित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले हुने जम्मा सेयर संख्या २२ लाख ५० हजार प्रचलित कानुनको अधिनमा रही आइपिओ जारी गर्न निर्णय पारित भएको हो ।
आइपिओ मार्फत् बिक्रीबाट प्राप्त हुने रकम २२ करोड ५० लाख रुपैयाँ नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पारित भएको छ ।
आइपिओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गरिएको छ ।
सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा भएको सभामा सञ्चालक, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया