आदर्श कप मंसिरमा हुने

लेखनाथ ।
आदर्श युवा क्लबले आदर्श कप मंसिरमा गर्ने भएको छ । १३ औं अधिवेशनबाट निर्वाचित पदम गुरुङले कोभिड र आर्थिक मन्दीका कारण रोकिएको २५ औं आदर्श कप क्लबको स्थापना दिवसको अवसर पारी आगामी मंसिरमा गर्ने प्रतिवद्धता गरेका छन् ।
पोखरा २९ भण्डारढिकमा रहेको क्लबको अधिवेशनमा आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत गर्न सम्भव नभएपछि मतदान भएको थियो । वर्तमान अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष लक्ष्मण सुनारबिच भएको निर्वाचन प्रक्रियामा गुरुङ पुन अध्यक्ष चुनिएका हुन् ।
निर्वाचन संयोजक अधिवक्ता मदनप्रसाद तिवारीले अध्यक्ष गुरुङलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो । क्लब उपाध्यक्षमा ओमप्रकाश गुरुङ, सचिव सन्तोष गुरुङ, सहसचिव उद्दव गिरी र कोषाध्यक्षमा विष्णु हमाल छन् ।
समितिका सदस्यमा राजीव भण्डारी, ओमप्रसाद कुमाल, कर्णबहादुर गुरुङ, सञ्जय पौडेल, कृष्ण कुमाल र विनोद गुरुङ छन् ।
समारोहमा क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, पूर्वअध्यक्ष विजय गुरुङ, विशाल श्रेष्ठ, पत्रकार भीमपाणि बराल, निर्वाचन समिति संयोजक अधिवक्त मदनप्रसाद तिवारी, सदस्यसविन तिवारी लगायतले बोलेका थिए । उनीहरुले क्लबले खेलकुदका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै इतिहासलाई निरन्तरता दिँदै अघि बढ्न सुझाए ।
तपाईको प्रतिक्रिया