पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकल नियन्त्रणमा

पोखरा ।
पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले बताए ।
कास्कीका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको उनले बताए ।
मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने अनुमान रहेको डिएसपी शर्माको भनाइ छ ।
उनका अनुसार यसअघि कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना स्वरुप परिवर्तन गर्ने २२ वटा मोटरसाइकललाई कारवाही गरिएको थियो ।
स्वरुप परिवर्तन गर्ने सवारी धनी र वर्कसप सञ्चालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइने कास्की प्रहरीले जनाएको छ ।









माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
रघुगंगाको दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया