गाउँपालिका उपाध्यक्ष सुत्केरीकहाँ

समाधान संवाददाता २०७६ साउन २३ गते १३:३१

रामकृष्ण लामिछाने
पर्वत

मोदी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु गर्ने भएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम लागु गर्दै सुत्केरीलाई पोषणमा सहयोग गर्ने कार्यक्रम गाउँपालिकाले सुरुवात गर्ने भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सेती महतका अनुसार सुत्केरीको पोषणमा सहयोग गर्ने र उनीहरुको स्वास्थ्य नियमित जाँच गर्ने कार्यक्रम बमोजिम सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमको सुरुवात गरिएको हो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ९६ हजार रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले गर्भवतीको नियमित जाँच तथा बर्थिङ सेन्टरमै सुत्केरी गराउने कार्यक्रमलाई प्रभावकारी बनाउने रणनीति बमोजिम कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेम पौडेलले बताए । उनका अनुसार सुत्केरी महिलाको र नवजात शिशुको स्वास्थ्यबारे परिवारलाई समेत सचेत गराउने गरी सचेतीकरण कार्यक्रम चालु आर्थिक वर्षदेखि सुरुवात हुन्छ ।

Advertisement

नेपाल सरकारले समेत चलाइरहेको गर्भवती महिलाको सुरक्षित प्रसूति सेवालाई भरपर्दो र प्रभावकारी बनाउँदै उनीहरुको स्वास्थ्यप्रति थप सजगता अपनाउनमा स्थानीय आावादी छन् । यो वर्षबाट सुरुआत गरिएको कार्यक्रमलाई आगामी वर्षदेखि अझै सघन रुपमा वस्ती र वडास्तरमा लैजाने गाउँपालिकाको योजना छ ।

मोदी गाउँपालिकामा ८ वटा वडा छन् । सबै वडामा स्वास्थ्य चौकी छन् । गाउँपालिकाले चालु वर्षदेखि सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको समेत सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि बढाएको गाउँपालिकाको भनाइ छ । बर्थिङ सेन्टर नभएका स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टरको व्यवस्था गर्दा प्रसूति सेवा गाउँ र वडास्तरमा सहज रुपमा उपलब्ध हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया