जीबी राईको कुकर्मको शिकार भएका अनुज कारागार चलान

पोखरा ।
सूर्यदर्शन सहकारी सस्था लिमिटेडका पूर्व सचिव अनुज नकर्मी पूर्पक्षका लागि कारगार चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
कास्की प्रहरीले जीबी राईसहित वर्तमान सञ्चालक र पूर्व सञ्चालक सबैलाई अभियुक्त बनाउदै मुद्दा दायर गरेसँगै नकर्मी फरार रहेका थिए । उनी भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका थिए ।
पोखराको नयाँ बजारमा वर्क सप सञ्चालन गर्दै आएका अनुज कुनै आर्थिक कारोबारमा मुछिएका छैनन् । सस्थाको पूर्व सञ्चालक समिति सदस्य र सचिव भएकै कारण कास्की अदालतले उनलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
अनुजले बताए अनुसार उनलाई सूर्यदर्शन सहकारीको सञ्चालक समितिको सचिव भएको जानकारी पक्राउ पुर्जी जारी भएपछि मात्रै भएको हो । अर्ब भन्दा बढी रकम अपचलन कै अभियोग लागेको त्यति ठुलो रकमको कारोबार गर्ने सस्थाको सञ्चालक समितिको सचिवले कुनै पनि बैठकमा सहभागी हुने, माइन्युट लेख्ने, बैठकले गरेका निर्णय क्लोजिङ गर्ने जस्ता एउटा काम पनि नगरेको अनुजको दाबी छ ।
म त गाडी बनाउने मान्छे, त्यस्तो केही पनि आउदैन्, अहिलेसम्म गरेको पनि छैन्– अनुजले समाधानसंग भनेका थिए–त्यस्को सचिव हो रे भन्ने कुरा त पक्राउ पुर्जी जारी भएपछि मात्र थाहा पाएको हुँ ।
कसरी फसे त अनुज ?
अनुज गाडी मिस्त्री मात्र नभएर नयाँ बजारमा सञ्चालित क्लब मोटरका मालिक पनि हुन् । जीबी राईले पोखरामा सूर्यदर्शन सहकारी खोलेपछि पोखराको पुरानो एअरपोर्ट नजिकैको फिस्टेल हाउजिङको घरमा बस्न थाले । अनुज परिवारको पनि सोही हाउजिङमा घर छ ।
एउटै कम्पाउण्ड भित्र बसोबास भएपछि उनीहरुको हिमचिम नजिकियो । मिठो बोलेर मान्छेलाई लठ्ठ पार्न सक्ने कलाका धनी जीबीले अनुजसँग पहिलो भेट मै गहिरो दाेस्ती कायम गरिहाले । बेला बेलामा उनीहरुको पारिवारिक भेटघाट समेत हुन थालेपछि सम्बन्ध झनै प्रगाढ बन्दै गयो ।
अनुजकी श्रीमती बैंकर हुन् । पारिवारिक सम्बन्धकै कारण नकर्मी दम्पत्तीले आफ्नी छोराको खाता आफैले काम गर्ने बैंकमा नखोलेर जिबी कै सहकारीमा खोलिदिए र छोराले दक्षिणा वापत पाउने पैसा सोही खातामा जम्मा गर्दै आए । अनुजका अनुसार छोरा नाबालिका भएकाले खाता खोल्दा अनुज संरक्षक बने र आफ्नै नागरिकताको फोटोकपी सहकारीलाई बुझाए ।
जीबीसँग परिचय भएको एक वर्षपछि कुनै एक शनिबार सूर्यदर्शन सहकारीको साधारण सभामा सहभागी हुन निम्तो आयो । सपरिवार सहभागी हुन भनिएकाले अनुजका दम्पती नै साधारण सभामा सहभागी भएका थिए । साेही साधारण सभा पछि अनुज सञ्चालक समिति सदस्य चुनिएछन् ।
मलाई थाहै छैन, छोराको खाता खोल्दा दिएको नागरिकता प्रयोग गरेछन् र सञ्चालक समिति सदस्य बनाएछन्–अनुज भन्छन् । सञ्चालक समिति सदस्य बनाइए पनि उनी कुनै पनि बैठकमा बोलाइएका छैनन् । यदि कतै उनको नाममा त्यो सहकारीमा हस्ताक्षर गरिएको छ भने पनि त्यो नक्कली हस्ताक्षर भएको अनुजको दावी छ ।
त्यसपछिको अर्को साधारण सभामा पनि अनुज आमन्त्रित थिए । गँए, भाषण सुनें, खाना खाँए, फर्किए– पछिल्लो साधारण सभा सम्झदैं अनुजले भने–त्यो साधारण सभा पछि त मेरो नाम सचिवमा पो राखेछन्, सचिव भएको जानकारी मुद्दा परेपछि मात्र पाँए ।
कुनै पनि बैठक र कुनै पनि निर्णयमा सहभागी नभएको दावी गर्ने अनुज अरु बचतकर्ता जस्तै आफू पनि पीडित भएको बताउछन् । सानी छोराको दक्षिणा र गिफ्ट वापत पाएको ६ लाख रुपैया भन्दा बढी बचत त्यही सहकारीले हिनामिना गरिदिएको उनको दावी छ । आफै पीडित छु, पिडकको रुपमा प्रहरीले खोजिरहेको छ– पक्राउ पर्नु अघि अनुजले भनेका थिए ।
सहकारीको कुनै पनि बोर्ड बैठकमा सहभागी नभएको दावी गरेका अनुजले आफ्नो नाममा हस्ताक्षर गरिएको छ भने त्यसको फरेन्सिक ल्याब परिक्षण गर्न आग्रह गरेका छन् । म त गाडी मर्मत गरेर खाने मान्छे, जीबी राईको कुकर्मको शिकार बने– अनुजको दावी छ– यदि कुनै निर्णयमा मेरो पनि हस्ताक्षर छ भने त्यो नक्कली हो, ल्याबमा परिक्षण गरे थाहा भैहाल्छ ।







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया