पोउवा संघको अध्यक्षमा चुनाव लड्ने गोकर्णको घोषणा
पदाधिकारी नउठाउने, यसअघि उमेद्वारी घोषणा गरेका पदाधिकारीसँगै सहकार्य गर्ने

पोखरा ।
पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । आगामी भदौ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यो अधिवेशन नयाँ कार्य समिति चयन गरेर सम्पन्न हुनेछ ।
यसअघि अर्का व्यवसायी अर्जुन पोखरेलले अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । अर्जुनले पदाधिकारीसहित उमेद्वारी घोषणा गरेका थिए । तर कार्कीले आज पत्रकार सम्मेलन गरेर आफ्नो मात्र उमेद्वारी घोषणा गरे ।
अर्जुन पोखरेलको प्यानलबाट उमेद्वार बनेका उद्योगी व्यवसायी विगतमा आफ्नै टिमका भएको भन्दै कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगर्ने मनशायका साथ अघि बढेको भन्दै वक्तव्य जारी गरेका छन् ।
यसअघि पदाधिकारीको लागि उमेद्वारी घोषणा गरेका साथीहरु कार्यसमितिमा रहँदा आफैलाई काम गर्न सजिलो हुने भएको भन्दै वक्तव्यमा विगतका आफ्नै टिमका साथीहरुलाई अप्ठेरोमा पार्न नचाहेको उल्लेख गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष भएको नाताले आफ्नाे उमेद्वारी र दावी स्वभाविक भएको भन्दै सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको कार्कीले बताएका छन् ।
तपाईको प्रतिक्रिया