नारायणको ‘घैंटीको मूल्य’ बजारमा

पोखरा ।
कथाकार नारायण मरासिनीको ‘घैंटीको मूल्य’ कथा संग्रह मंगलबार सार्वजनिक भएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीलगायतले कृति सार्वजनिक गरेका हुन् ।
डा अधिकारीले कथाकार मरासिनीको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताए । कथाहरुको समीक्षा गर्दै रामराज रेग्मीले प्रगतिवादी आख्यानका क्षेत्रमा ‘घैंटीको मूल्य’ महत्वपूर्ण प्राप्ति भएको उल्लेख गरे । कथाकार मरासिनीले आफूले देखेभोगेको समाज तथा परिवेशलाई समेटेर कथाहरु तयार पारेको सुनाए । कृतिमा १४ कथा छन् ।
कार्यक्रममा संगमका सल्लाहकार रघुनाथ अधिकारी, साहित्य शृखला पोखराकी अध्यक्ष लक्ष्मी थापा, प्राध्यापक गेहेन्द्रेश्वर कोइराला, झलकपाणि तिवारी, धनबहादुर नेपाली, बाबुराम पन्त, परशुराम कोइराला, लोकबहादुर थापामगर, संगमका उपाध्यक्ष पद्मराज ढकाल, कोषाध्यक्ष विजया सुवेदी लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा भएको हो ।







संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया