परराष्ट्र मन्त्री राणा भारतबाट फिर्ता

समाधान संवाददाता २०८१ भदौ ६ गते १७:०३

पोखरा । परराष्ट्र मन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्।

भारतको पाँच दिने औपचारिक भ्रमण सकेर परराष्ट्र मन्त्री देउवा बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेकी हुन्।

उनले विमानस्थलमा भ्रमणमा भए गरेका उपलब्धिहरूबारे जानकारीसमेत गराएकी छन्।

Advertisement

परराष्ट्र मन्त्री देउवाले भारतमा रहँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। ती भेटवार्ता उपलब्धिमूलक रहेको उनको दाबी छ।

विभिन्न चर्चाहरुका बीच उनकाे यसपालिको भारत भ्रमणले निकै उचाइ पायो । सहसचिवसहित सानो टोली लिएर उनी भारत गएकी थिइन् । उनले दिल्लीमा उपचार समेत गराएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया