प्रजनन् स्वास्थ्य सचेतना
पोखरा ।
अपांग महिला सशक्तीकरण केन्द्र कास्कीले स्याङ्जामा गुणस्तरीय प्रजनन् स्वास्थ्य तथा अधिकारसम्बन्धी विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय, गैरीखेत र चण्डिका बहिरा आधारभूत विद्यालयका बहिरा विद्यार्थी, अभिभावक शिक्षक कर्मचारीको सहभागिता रहेको संस्थाका अध्यक्ष अन्जना केसीले जानकारी दिइन् ।कार्यक्रममा संस्थाकी अध्यक्ष केसी, महासचिव वन्दना गुरुङ र कर्मचारी सरिता केसीले अपांगताको परिभाषा र प्रकार, रजस्वला, गर्भपतन, परिवार नियोजन, पाठेघरको क्यान्सर र स्तन क्यान्सरका बारेका सहजीकरण गरेका थिए ।
समारोहमा सहभागी विद्यार्थीले रजस्वालाको समयमा भोग्नु परेका समस्याबारे अवगत गराएका थिए । विद्यालयकी फोकल शिक्षक सुनिता अर्यालले विद्यालयमा पुतलीबजार नगरपालिकाले पहिला निशुल्क वितरण गर्ने सेनेटेरी प्याडको गुणस्तरमा कमी भएको दाबी गरिन् । उनले अहिले नगरपालिकाले नगद उपलब्ध गराउने र विद्यालयले सेनेटरी प्याड खरिद गरेर वितरण गर्दा गुणस्तरीमा ध्यान दिन आग्रह गरिन् ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया