सनराइज क्लबमा न्यौपाने

समाधान संवाददाता २०८१ भदौ १० गते ११:३९

लेखनाथ ।
स्थानीय स्तरमा सामाजिक जनचेतना फैलाउँदै अगाडि बढेको पोखरा २६ मा रहेको सनराइज क्लबको १४ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि सूर्यनाथ न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement


आगामी २ वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा सन्तोष पौडेल, सचिवमा विनोद कार्की, सहसचिवमा नविन कार्की र कोषाध्यक्षमा ईश्वरीकुमारी जिसी छन् । समितिको सदस्यहरुमा राजु गुरुङ, रमेश जिसी, ओमबहादुर राना, तिलक जिसी, अनिल पुन र सुकराम विक छन् ।


यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले पद, प्रतिष्ठा र कार्यक्षमता क्षणिकका लागि मात्र हुने तर त्यसको मूल्यांकन सधैं रहने विचार राखे । सनराइज क्लबका अध्यक्ष डुलु पुनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, पोखरा महानगरपालिकाका वडा नम्बर २६ का पूर्व वडासदस्य रामकृष्ण जिसी, सुन्दरी वजार टोल विकास संस्थाका अध्यक्ष रमेश जिसी, क्लबका संस्थापक अध्यक्ष कर्णबहादुर जिसी, क्लबका सल्लाहाकार खेम गुरुङ, निर्वाचन समितिका संयोजक रवीन्द्रमोहन अधिकारी लगायतले क्लबले युवा लक्षित कार्यक्रम मार्फत सामाजिक जनचेतना फौलाउने काम गरेर समाज रुपान्तरणका लागि उदाहरणीय काम गरेर देखाउनुपर्ने सुझाव राखेका थिए । क्लबका सचिव विनोद कार्कीले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य हरिप्रया पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया