स्पा अमर्यादित छैनः पहारी

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । तीजको अवसरमा स्पा एसोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाका लागि मंगलबार आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरीरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’
उनले स्पालाई व्यवसायीकरण गर्न सकेमा आम्दानीको राम्रो स्रोत बनाउन सकिने बताइन् । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी अग्नि कँडेलले स्पा पर्यटनको अभिन्न अंग भएकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताए । स्पामा हुने यदाकदाका घटनाले स्पाप्रति समाजमा नकारात्मक धारणा बनेकाले यसलाई चिरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
स्पा एसोसियसन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठले स्पाका बारेमा भ्रम सिर्जना भएको बताए । स्पा सुरक्षित र मर्यादित नै रहेको बताउँदै उनले यदाकदा हुने घटनालाई लिएर समग्र स्पा व्यवसायप्रति नकारात्मक धारणा नबनाउन आग्रह गरे ।
उनले स्पाको आचारसंहिता बनाइएको र सोही अनुसार सञ्चालन भइरहेको भन्दै त्यसबाहेकका गतिविधि भए कारवाहीको दायरामा ल्याउन आफूहरु तयार रहेको बताए । एसोसियसनका सचिव चित्रबहादुर गुरुङले स्पाका लागि पोखरा गन्तव्य बन्न सक्ने बताए । तर यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।









‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया