पोखरा १३ र २६ जोड्ने सडक स्तरोन्नति सुरु

समाधान संवाददाता २०८१ भदौ १४ गते १२:४५

लेखनाथ ।
कास्कीको पोखरा महनगरपालिका वडा नम्बर १३ र २६ लाई जोड्ने साँघुकोमुखदेखि सिलिंगेसम्मको बाटो स्तरोन्नतिका लागि शिलन्यास गरिएको छ । पोखरालाई जोड्ने वैकल्पिक बाटोको रुपमा विस २०४९ सालमा निर्माण गरिएको बाटोेको स्तरोन्नति गर्न बिहीबार पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिलन्यास गरेका हुन् ।

Advertisement


३ करोड १२ लाखको लागतमा सडक स्तरोन्नति हुन लागेको हो । १ हजार एक सय १० मिटर लम्बाई र नालासहितको ११ मिटर चौडाइको बाटो एक वर्ष वा आगामी २०८२ को साउन ९ गतेभित्र निर्माण सम्पन्न गर्न गरी सम्झौता भएको छ ।


बाटो शिलन्यास समारोहमा बोल्दै वडाध्यक्ष थापाले समग्र वडाको विकासका लागि राजनीतिभन्दा माथि उठेर वडालाई राम्रो वडा बनाउने अभियानमा सबैसँग हालेमालो गरेर अगाडि बढ्ने धारणा राखे । यस क्षेत्रको विकासका लागि आफूले महानगर, प्रदेश हुँदै केन्द्रीय तहमा समेत लबिइङ गरेर बजेट ल्याउन सफल भएकाले ठाउँ विशेषका आधारमा क्रमश काम हँुदै जाने विश्वास उनले दिलाएका थिए ।

Advertisement


सोही अवसरमा निर्माण कम्पनीको तर्फबाट आई डी कन्ट्रक्सनका प्रमुख धु्रवबाबु भट्टराईले यहाँ रहेका स्थानीयवासी, सरोकारवाल वडा कार्यालय र स्वयं निर्माण कम्पनीका विच सहकार्य हुन सकेमा निधारित समय भन्दा ३ महिना अगावै काम सम्पन्न गर्न सकिने प्रतिवद्धता जनाएका थिए ।


कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष भानुभत्त सिग्देल, स्थानीय ईश्वरीप्रसाद अधिकारी र प्राविधिक सुमन पराजुली लगायतले इस्टमेटमा भए अनुसारको काम गर्नका लागि सबैको साथ र सहयोगको आवश्यकता औंल्याएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया