लोक गायक प्रजापति पराजुली सम्मानित
समाधान संवाददाता
२०८१ भदौ १४ गते १७:१४

पोखरा ।
सामुदायिक प्रहरी सेवा केन्द्र कास्की र जिल्ला समन्वय समिति कास्कीले शुक्रबार लोकदोहोरी गायक प्रजापति पराजुलीलाई सम्मान गरेको छ । लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै सेवा केन्द्रले उनलाई सम्मान गरेको हो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले उनलाई सम्मान हस्तान्तरण गरेकी हुन् ।
सम्मानको लागि पराजुलीले सेवा केन्द्रलाई धन्यवाद दिएका छन् । सम्मानले थप प्रेरणा मिलेको उनको भनाइ छ ।
उनी विसं २०२० सालमा कास्कीको भदौरेमा जन्मिएका हुन् । हाल पोखरा नदीपुरमा बस्छन् । लोकसंगीतमा लामो समय बिताएका पराजुली दोहोरीका अब्बल गायकका रुपमा परिचित छन् ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया