डोल्पा र मुस्ताङ समृद्धिको सेतु खोजिँदै
मुस्ताङ–डोल्पा सडक स्तरोन्नति र विकासका अरु सम्भावना खोजी गर्न मुस्ताङीको जम्बो टोली डोल्पा जाँदै

सुन्दरकुमार थकाली । जोमसोम
हिमाली जिल्ला मुस्ताङ र डोल्पाबिच पर्यटन विकासको सम्भावना र आर्थिक विकासको कनेक्टिभिटी जोड्ने उद्देश्यले मुस्ताङको टोली मंगलबार धार्मिक तीर्थ यात्रामा उपल्लो डोल्पा प्रस्थान गरेको छ ।
भदौ १६ गतेदेखि २१ गतेसम्म उपल्लो डोल्पाको शेफुक्सुण्डो गाउँपालिका ३ शे गुम्बामा आयोजना हुने धार्मिक महोत्सवमा सहभागी हुन मुस्ताङको प्रतिनिधित्व गर्दै टोली डोल्पा प्रस्थान गरेको हो । १२ वर्षमा एक पटक तिब्बतीयन पात्रो अनुसार ड्रागन वर्षको उपलक्ष्यमा उपल्लो डोल्पाको शेफुक्सुण्डो गाउँपालिका २ शे गुम्बामा धामिक महोत्सव हुने गर्छ ।
यसैका लागि मेला भर्न र मुस्ताङ र डोल्पाबिचको कनेक्टिभिटी जोड्ने उद्देश्यले मुस्ताङका ४ पालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीयको जम्बो टोली मुस्ताङको साङ्ता गाउँबाट दर्जनौं घोडामा डोल्पा हिँडेको हो ।
तीर्थाटन तथा पर्यटन, पूर्वाधार, आर्थिक समृद्धि र विकासको कनेक्टिभिटी जोड्नका लागि मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको संयुक्त टोलीले मुस्ताङको साङ्ता गाउँमा घोडमा यात्रा थालेको हो । ३ साताको समय निर्धारण गरिएको तीर्थयात्रामा खान र बस्नका लागि चाहिने सबै बन्दोबस्तीका सामग्री घोडा र खच्चडमा बोकाएर लगिएको छ ।
छिमेकी जिल्ला डोल्पाको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिएको ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) को बृहत धार्मिक महोत्सव भएकाले मुस्ताङको टोली त्यसतर्फ प्रस्थान गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
संसारमा जहाँ पनि कनेक्टिभिटीको आवश्यकता पर्ने भएकाले उपल्लो डोल्पासँग कनेक्टिभिटी राखेर पर्यटन र आर्थिक विकासको मार्ग खोज्दै धार्मिक मेला भर्ने योजना रहेको अध्यक्ष बिष्टको भनाइ छ । ‘सारमा हाम्रो यात्रा धार्मिक तीर्थाटन हो, तर, हामीले यस यात्रामा मुस्ताङ र डोल्पाबीचको आपसी सम्वन्ध विस्तार र दुई जिल्लाको समृद्धि र विकासको मार्ग खोज्ने हामी मुख्य अभिप्राय रहनेछ,’ अध्यक्ष बिष्टले भने ।’
उनले मुस्ताङ र डोल्पा सडकको स्तर वृद्धि र अन्य विकास सम्भावना खोजी गर्न डोल्पासँग सहकार्य गरी अघि बढ्ने जनाए । उपल्लो डोल्पाको शे गुम्बा न्हिङ्पा बुद्धिस धर्मसँग सम्वन्धि छ । यद्यपि शे धार्मिक महोत्सवमा विभिन्न कार्यक्रम आयोजना हुने छन् ।
वारागुङ मुक्तिक्षेत्र १ का स्थानीय रमेश गुरुङले उपल्लो डोल्पाको १२ वर्षे मेला भर्न मुस्ताङको टोली त्यसतर्फ अघि बढेको बताए । उनले धार्मिक विश्वासलाई केन्द्रमा राखेर पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम लिएर मुस्ताङको टोली त्यहाँ सहभागी हुने जनाए ।
घरपझोङ ५ ढुम्बाका कृषि उद्यमी कर्मा गुरुङले डोल्पाको सबैभन्दा पुरानो पद्यसम्भवको अस्तित्व रहेको शे गुम्बा दर्शनका लागि आफूसहितको टोली घोडे यात्रामा निस्किएको उल्लेख गरे । उनले डोल्पा पुगेर मेला भर्ने र दर्शन गर्नेमात्र नभई कृषि र पर्यटन विकासको सम्भावनाका पहिचान गर्न त्यहाँका जनप्रतिनिधि र नागरिकसँग छलफल गर्ने योजनासमेत रहेको उल्लेख गरे ।
मुस्ताङबाट गएको टोलीले शेफुक्सुण्डो तालसमेत अवलोकन गर्ने योजना छ । टोलीलाई मुस्ताङको साङ्ता गाउँका महिलाले क्लाल्साङ गर्दै आशीर्वाद दिएर बिदाइ गरेका थिए ।









धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया