र्यान्डम रिडर्समा पुस्तक साटासाट

पोखरा ।
पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १७ औं पुस्तकालय दिवस शनिबार पोखरामा मनाएको छ । कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महत्व र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने उनको भनाइ छ ।
ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने भन्दै उनले स्थानीय तहदेखि प्रदेश हुँदै संघीय तहका सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने विचार राखे । पुस्तकालय कुनै पनि व्यक्तिका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिँदै पोखराको सार्वजनिक पुस्तकालयको हालको व्यवस्थापनले पोखरामा पुस्तकालय नै नभएको भान भएको उनले जनाए ।
गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले आफू आजको ठाउँसम्म आउनुको मूल कारण पुस्तक र पुस्तकालय नै भएको अनुभव सुनाए । कक्षा ५ मा पढ्दादेखि नै विद्यालयको पुस्तकालयमा भएका पुस्तकहरूको अध्ययनले राजनीतिक तथा सामाजिक चेत भरेको बताउँदै उनले पुस्तकालय र पुस्तक नै आफ्नो वास्तविक गुरु भएको बताए ।
कार्यक्रममा ५० जनाले आपसमा पुस्तक साटासाट गरेका थिए । हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदान कार्यक्रम गर्ने गर्छ ।
सोही अवसरमा सोसाइटीको नियमित कार्यक्रम अन्तर्गत १ सय ९ औँ शृंखलामा आगामी भदौ २९ गते शनिवार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ को दीपक पराजुलीको अवधारणापत्रसहित परिचर्चा हुने सचिव नेपालप्रकाश अधिकारीले बताए । कार्यक्रम सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको थियो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया