गुरुकुललाई इन्टर स्कुल ब्यान्ड उपाधि

पोखरा ।
पोखरामा भएको दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा ९ स्कुल ब्यान्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो ।
उपाधि विजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबीच भएको निक्कै प्रतिष्पर्धात्मक फाइनल प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त गर्यो भने फिस्टेल एकेडेमीले तृतीय स्थान प्राप्त गरेको छ ।
द्वितीय स्थान प्राप्त गरेको ग्लोबल कलेजियटले नगद ५० हजार र तृतीय हुने फिस्टेल एकेडेमीले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियागिताको बेष्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिस्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेस्ट लिड गिटारिष्टमा प्रतिभा माविका सायुस बज्राचार्य उत्कृष्ट घोषित भए ।
बेस्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, बेस्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र बेस्ट म्युजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए । प्रतियोगितामा पब्लिक च्वाइसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइसमा मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रुपमा उत्कृष्ट भएकालाई नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
१९ स्कुल ब्यान्ड प्रतिस्पर्धी रहेकोमा ग्लोबल कलेजियट मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय ठहरिए
प्रतियोगिताको फाइनल राउन्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्या सदन, ग्लोवल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्यान्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले प्रतिष्पर्धा गरेका थिए । फाइनल राउन्डमा शनिबार प्रतिष्पर्धी स्कुल व्यान्डहरुले २/२ वटा गीत प्रस्तुत गरेका थिए ।
जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) गुरुङले जानकारी दिए । प्रतियोगितामा १९ स्कुल ब्यान्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए ।
बिजेताहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानिया, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) लगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले गीत संगीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको बताउँदै भने, ‘गीत, संगीतमा पनि भविष्य छ । यसलाई पनि पेशा बनाएर सजिलै जीविकोपार्जन गर्न सकिन्छ । तर त्यसका लागि तपाईंमा कला र रुची हुनुपर्यो ।’
संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना हो । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्यान्डहरुलाई पुनःजागृत गराउने संघको भनाइ छ । यसले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्न सघाउ पुग्ने पनि आफूहरुको विश्वास रहेको संघका अध्यक्ष गुरुङले बताए ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्यान्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दबाब पुग्ने उनको धारणा छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया