पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दर्ता

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । भदौ २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनीहरुले उम्मदेवारी दर्ता गराएका हुन् ।
निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार अध्यक्षका लागि कार्की र पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले उम्मेदवारी दिए । उनीहरुका प्रतिस्पर्धी छैनन् । तर निर्वाचन तालिका अनुसार दाबीविरोधको समय बाँकी नै छ । तसर्थ निर्वाचन समितिले निर्विरोध भनेर आधिकारिक घोषणा गर्न बाँकी छ ।
वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले उम्मेदवारी दर्ता छन् । उपमहासचिवमा बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गले उम्मेदवारी दिएका छन् । कर्पोरेटतर्फका २ जना कार्यसमिति सदस्य वन्दना कार्की केसी र रामप्रसाद कँडेलको उम्मेदवारी परेको छ ।
एक औद्योगिक सदस्यमा पनि एकनारायण गौतमको उम्मेदवारी परेको छ । ४ जना वस्तुगत सदस्यको लागि भने ७ जना प्रतिस्पर्धी हुने भएका छन् । वस्तुगतका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दिएका छन् ।
प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि १४ जनाले चाहना राखेका छन् । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी(माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले मनोनयन पत्र लगेका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार सोमबार दाबी विरोध प्रस्तुत गर्ने र भदौ १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सोही दिन उम्मेवारी फिर्ता लिने र साँझ ५ बजे अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया