रिठेपानीमा कुमाल संस्कृति झल्कने संग्रहालय निर्माण
समाधान संवाददाता
२०८१ भदौ १८ गते १०:३३
लेखनाथ ।
आदिवासी समुदायमा सूचीकृत कुमाल जातिको संस्कृति झल्कने गरी पोखरा २७ को रिठेपानीमा संग्रालय निर्माण गरिएको छ । नेपाल कुमाल समाज कास्कीले पोखरा २७ को कुमालगाउँमा करिब २५ लाख खर्चेर संग्रालय बनाएको हो ।
संग्रहालय गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले मौलिक संस्कृतिको संरक्षणसँगसँगै हस्तान्तरण गर्न संग्रहालय उपयोगी हुने बताए ।
नेपाल कुमाल समाज कास्की अध्यक्ष चेतबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कुमाल समाजकी केन्द्रीय उपाध्यक्ष श्रुती कुमाल, पोखरा महनागरपालिका वडा नम्बर २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, केन्द्रीय उपाध्यक्ष मानेन्द्र कुमाल, वडा नम्बर २७ का वडासदस्य जितेन्द्र क्षेत्री र बुद्धिमाया थापा मगर, राइजिङ स्टार क्लवका अध्यक्ष यम गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया