समाजसेवी प्रेमराज पहारीको निधन

पोखरा ।
पोखराका प्रतिष्ठित समाजसेवी प्रेमराज पहारीको निधन भएको छ । पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाइड लालुपाते मार्गस्थित आफ्नै निबासमा आजै मध्यान्ह उहाँले अन्तिम सास लिनु भएको हो । ८४ बर्षीय पहारी पछिल्लो समय प्राेष्टेट क्यासरबाट पीडित हुनुहुन्थ्यो ।
पहारी गुठी व्यवस्थापन समितिका सल्लाहकार पहारीले विभिन्न संघ सस्थामा आबध्द भएर समाजसेवा गर्नु भएको छ । तालबाराही माध्यमिक विद्यालयको सञ्चालक समितिका पूर्व अध्यक्ष पहारी तालबाराही मन्दिरका पूर्व सल्लाहाकार हुनुहुन्थ्यो । त्यसै गरी होटल संघ पोखराको सल्लाहकार भएर समेत उहाँले पोखराको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउनु भएको छ ।
स्वर्गीय पहारीका श्रीमती, ६ भाइ छोरा, एक छोरी र एक बहिनी छन् ।
पारिवारिक श्रोतले दिएको जानकरी अनुसार उहाँको पार्थिव शरिरको भोलि अन्त्यष्टि गरिनेछ । भोलि बिहान नौ बजे लेकसाइडस्थित निबासबाट शव यात्रा गरी शान्ती घाटमा दाहसँस्कार गर्ने तयारी गरिएको छ ।
तपाईको प्रतिक्रिया