खेलकुद
मुस्ताङको कोवाङमा खेल मैदान उद्घाटन

जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङमा बहुउद्देश्यीय खेल मैदान उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित बजेट मार्फत निर्माण सम्पन्न गरिएको कोवाङ खेल मैदानको मंगलबार गण्डकी प्रदेशका सभासद विकल शेरचनले उद्घाटन गरेका हुन् ।
धौलागिरी युवा क्लव थासाङ—२ कोवाङद्वारा आयोजित पाँचौ वडास्तरीय भलिबल तथा खुल्ला आर्चरी खेलकुद प्रतियोगिताको समुद्घाटनका क्रममा सभासद शेरचनले कोवाङमा निर्माण सम्पन्न भएको खेल मैदानको पनि उद्घाटन गरेका हुन् । कोवाङ खेल मैदान तथा पाँचौं वडास्तरी भलिबल तथा खुल्ला आर्चरी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभासद शेरचनले खेलकुद क्षेत्रको विकासले स्थानीय धर्मसंस्कृतिको संरक्षण,संम्वद्धन तथा प्रर्वद्धन एवं पर्यटन विकासमा समेत टेवा पुग्ने उल्लेख गरे ।
खेल मैदान तथा वडास्तरीय खेलकुदको समुद्घाटनमा थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अजित थकाली,थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन, क्लवका अध्यक्ष मनप्रसाद गौचन, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली र क्लवका सदस्य नविन शेरचनले लगायतले खेलकुद क्षेत्रको विकासमा पूर्वाधार निर्माण खेलकुद क्षेत्रमा लगानी आवश्यकता रहेको औल्याए ।
थासाङ—२ कोवाङ स्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयको नाममा रहेको निजी जग्गा २० वर्षका लागि लिजमा सम्झौता गरेर धौलागिरी युवा क्लव कोवाङले बहुउद्देश्यीय खेल मैदान स्तरोन्नतिका लागि स्थानीय तहको सिफारिसमा योजना माग गरेको थियो ।

सामाजिक विकास मन्त्रालय गण्डकीले गत आर्थिक वर्ष कोवाङ खेल मैदान स्तरोन्नतिका लागि १६ लाख बजेट विनियोजन गरेको थियो । क्लवले १० प्रतिशत श्रमदान वापत १ लाख ९० हजार लागत साझेदारी गरेको थियो । कुल १७ लाख ९४ हजार लागतमा क्लवले उपभोक्ता समिति मार्फत ठेक्का सम्झौता गरेर खेल पूर्वाधार सम्पन्न गरेको क्लवका अध्यक्ष मनप्रसाद गौचनले जानकारी दिए ।
खेल मैदान लगायतका पूर्वाधार निर्माणका लागि गत वर्षको २८ माघमा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु गरिएकोमा ३२ जेठमा योजना सम्पन्न भएको थियो । कोवाङ खेल मैदान निर्माण तथा स्तरोन्नति अन्र्तगत आरसीसी भलिबल ग्राउण्ड, प्याराफिट एवं घेराबार निर्माण ,कम्पाउण्ड वाल र खेलमैदानको ग्रेड मिलान लगायतका कामहरु सम्पन्न भएको थियो ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया