पहिरो प्रभावितलाई राहत

पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १२ लिपेयानीका पहिरोबाट प्रभावित एक परिवारलाई नेपाल रेडक्रस सोसाइटी कास्कीले शुक्रबार राहत प्रदान गरेको छ ।
बिहीबार रातिको अविरल वर्षाको कारण पहिरोबाट घर पूर्ण रुपमा क्षति भएका पुष्पराज बराललाई खाद्य तथा गैरखाद्य राहत प्रदान गरेको रेडक्रस सोसाइटी कास्कीका उपसभापति धर्मराज अधिकारीले जानकारी दिए । अविरल वर्षाका कारण बरालको १ तले कच्ची घरपछाडि अन्दाजी ७ मिटर माथिबाट ढिस्को अचानक झर्न जाँदा घर जोखिममा परेको छ ।
बरालको कुखुराको खोर पहिरोले बगाएको छ । पहिरोमा झुण्डिएको घरबाट मानिसलाई बिहीबार राति नै छिमेकीको घरमा सारिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका विपद् शाखाका संयोजक नवराज भण्डारीले बताए । पहिरोले मानवीय तथा पशुचौपायासहित कुनै अन्य क्षति भएको छैन । उक्त घरमा ४ जना बस्दै आएकोमा सरसामानसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी, गण्डकी प्रदेश सभाका सदस्य बेदबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल लगायतको टोलीले शुक्रबार पहिरोबाट प्रभावितको स्थलगत अवलोकन गरेको छ । मन्त्री केसीले नेपाल प्रहरी, मादी १२ को वडा कार्यालयले पहिरोबाट प्रभावितको मुचुल्का तयार पारेर क्षतिको विवरण यकिन भएपछि प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने आश्वासन दिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया