सेवा विस्तार गर्दै संक्रामक अस्पताल

लेखनाथ ।
गण्डकी प्रदेश सरकार मातहत पोखरा महानगरपालिका वडा नम्बर ३० मा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले आफना सेवालाई विस्तार गरेको छ । विसं २०६० सालमा मुठी दानदेखि सर्वस्व दान गरेर स्थानीयको पहलमा निर्मित सामुदायिक लायन्स अस्पताल विस २०७७ साउन ६ गतेदेखि प्रदेश सरकारको मातहतमा पुगेपछि समयानुकुल परिस्कृत गरी थप नयाँ सेवावाट जनतालाई सेवा दिन थालेको हो ।
यसैबिच अस्पतालले यस क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्था, राजनीतिक पार्टीका प्रतिनिधि र सरोकारवालका बिच छलफल तथा विचार विमर्श कार्यक्रममार्फत अस्पतालले प्रदान गर्ने सेवा सुविधा र चालु आर्थिक वर्षमा गरिने भावी योजनाका बारेमा सुझाव संकलन गरेको छ ।
प्रदेश सरकार मातहतमा अस्पताल सञ्चालन हुन थालेपछि यहाँबाट दैनिक रुपमा ७०÷८० जना बिरामीहरुले विभिन्न किसिमका सेवाहरु लिँदै आएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिएका छन् । उनका अनुसार बिरामीहरुलाई उपचारका सही विधि र बिरामीको मन जित्न सक्ने गरि चौबिसै घण्टा करिब ८०÷८५ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्दै आएको उनको भनाइ छ ।
अस्पतालले गुणस्तर प्रविधिको प्रयोग गरि जनरल, बहिरंग, अन्तरंग, आकस्मिक, प्रयोगशाला सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, प्राथामिक आँखा उपचार सेवा, कोभिड खोप सेवा, हेमो डायालोसिस, स्वास्थ्य विमा कार्यक्रम लगायत १० वर्षमुनिका बालबालिका, गरिब तथा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई निशुल्क सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा अस्पताल सञ्चालन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले स्वास्थ मन्त्रालयको सहकार्यमा निकट भविश्यमा निर्माणाधिन नयाँ भवनमा सय शड्ढयाको सुविधा सम्पन्न अस्पताल तयार गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर स्वास्थे सेवालाई प्रभावकारी बनाउने योजना रहेको बताएका थिए । उनले जनस्तरबाट आएका सुझावलाई लिपिबद्ध गरी प्रतिवेदनका रुपमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पठाउने जानकारी गराएका थिए ।
आस्पताल विकास समितिका सदस्य मेजर रामप्रसाद गुरुङले धन्यवादसहित उठेका जिज्ञासा र सुझावका बारेमा प्रकाश पारेका थिए । प्रशासन प्रमुख लक्ष्मीप्रसाद पौडेलले अस्पतालले प्रदान गर्दै आएका सेवा र सुविधाको प्रचार नहुँदा पनि बिरामीहरुले बाहिरबाहिर महँगोमा उपचार गर्न बाध्य भएकाले जनस्तरबाट अस्पतालले प्रदान गर्ने सेवाका बारेमा सवै जनाले बुझ्नु आवश्यक रहेको बताएका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया