जनताको मनछुने सवाल उठाउनुस्ः पौडेल

समाधान संवाददाता, पाेखरा
वैकल्पिक राजनीतिलाई स्थापित गर्न जनताको मन छुने खालका सवालउठाउन सक्नुपर्ने लेखक तथा विश्लेषक गनेस पौडेलले सुझाव दिएका छन् । साझा पार्टीले शनिबार आयोजना गरेको ‘वैकल्पिक राजनीतिः अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा पौडेलले ठूला सपना बाँडेर वैकल्पिक राजनीति नहुने तर्क गरे ।
‘युरोपमा ग्रिन पोलिटिक्सको रुपमा वैकल्पिक राजनीतिको सुरुआत भयो । भारतमा हे¥यो भने केजरीवालले बत्तिको बिल बढी भएको कुरालाई राजनीतिक अस्त्र बनाए । जुन कुराले सबै जनतालाई छोयो । र, उनीहरु शक्तिमा पनि आइहाले,’ पौडेलले भने, ‘त्यसैले साझा पार्टीलाई पनि म जनताको मनको कुरा बुझेर सवाल उठाउन सुझाव दिन्छु ।’
उनले वैकल्पिक राजनीतिको स्वरुप र सवाल हरेक देशमा फरक हुने बताए । ‘समतामूलक, समृद्ध र व्यवस्थित तरिकाले जनताको मनमा लागेको कुरालाई उठाउनु नै वैकल्पिक राजनीतिक दलको विशेषता भएको उल्लेख गरे । उनले वैकल्पिक राजनीतिर राजनीतिक विकल्प २ फरक कुरा भएको दाबी गरे । कार्यक्रममा साझा पार्टी गण्डकी संयोजक महेश भण्डारी, साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी, अभियान विभाग प्रमुख दीपक पौडेलपनि सहभागी थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया