
जोमसोम ।
मुस्ताङको थाक सात सय क्षेत्र थासाङमा थकाली चार चन समुदायको उद्गम स्थल मानिन्छ । यो समुदाय परापूर्व कालमा पश्चिम जुम्लाको सिंजाबाट बासस्थान छोडेर त्यहाँ आईपुगेको बताइन्छ । सिंजामा बसेका थकालीहरु किन बासस्थान छोडेर मुस्ताङ पसे भन्नेमा यथार्थ नखुले पनि मार्मिक किंवदन्ती भने छ ।
घरेलु हातहतियार र धनुष वाँण लिएर शिकार खेल्दै जुम्लाबाट उचित बासस्थान खोज्दै मुस्ताङ पसेका थकालीहरुले त्यस बेला नीलगिरी र धौलागिरीको छत्रछाँया, वनजंगल, पानीको स्रोत लगायत सबै दृष्टि उपयुक्त ठानेपछि थाक सात सय क्षेत्रलाई बासस्थान बनाएका थिए ।
यहाँक थकाली चारचनहरु चार देवतालाई पुज्छन् । गौचन, भट्टचन, शेरचन र तुलाचन गरी ४ चन थकालीहरु ४ वटा रंगका आकृतिमा ४ देवताको पूजाआजा गर्छन । थकाली चारचन समुदायले प्रत्येक १२ वर्षको फेरोमा १२ वर्षीय मेला आयोजना गर्छ । यो मेलामा चारचन देवतालाई सार्वजनिक गरिन्छ । त्यसो त थकाली चारचनले ९ वर्षको फेरोमा पनि ९ वर्षीय मेला गर्ने गरेका छन् ।
चारचनले निकाल्ने १२ वर्षीय मेलामा ४ वटै पाँडेको महत्वपूर्ण भूमिका रहन्छ । थकाली चारचनले आफ्ना पाँडेहरुलाई पुरोहितको रुपमा मान्ने परम्परा छ । थकाली चारचन पाँडे पुरोहितहरुले प्रत्येक १२ वर्षमा आयोजना हुने १२ वर्षीय मेलामा पौराणिक ग्रन्थ पुस्तक (ह्रव) वाचन गर्छन् । यही थकाली पाँडेहरुले ह्रव वाचन गर्ने स्थलको नाम हो पुङक्युङ ओडार ।
थाक सात सय क्षेत्रको थासाङमा थकाली चार चन समुदायको धार्मिक स्थल पुङक्युङ ओडार छ
सदियौंदेखि थाक सात सय क्षेत्रका थकालीका पाँडेले यही पुङक्युङ ओढारमा बसेर संयुक्त रुपमा आप्mना देवताहरुको पूजा गर्छन् । थकाली ह््रव वाचन गर्दा चार इष्टदेवी देवतालाई सम्झने गरिन्छ । थकाली सेवा समिति नेपाल थाक सात सय क्षेत्रका केन्द्रीय सदस्य कृष्णकुमार शेरचन थकाली पाँडेहरुले ह्रव वाचन गर्ने स्थल सयौं वर्ष पुरानो रहेको बताउँछन् ।
पाँडेहरुद्वारा १२ वर्षीय मेलामा पूजाआजा गर्ने पुङक्युङ ओढारको भित्री भित्ताको एक शिलामा थकाली चारचनको उदृध गरिएको छ । सदियौं पुरानो शिलामा लेखिएका अक्षरहरु मेटिन लागेको अवस्था छ । त्यस बेला बासस्थान जमाएर बसेका थकालीले चार देवताको ह्रव वाचन गर्ने स्थल ओढारको भित्तामा बनाएका थिए । भित्ताको पुङक्युङ ओढारमा पूजाआजा गर्दै आएका थकाली पाँडेहरुले ओढारभित्रै बसेर चार देवताको पूजाआजा स्वरुप ह्रव वाचन गर्ने प्रचलन छ ।
चारचन समुदायले २०६१ मा थासाङको लार्जुङ स्थित भित्ताको पुङक्युङ ओडारसँगै जोडेर ह्रव वाचन स्थललाई व्यवस्थित बनाए । त्यहाँ एक तले भवन निर्माण गरी ह्रव वाचन केन्द्र र सभा हल बनेको छ । २०६१ मा निर्माण गरिएको ह्रव वाचन केन्द्र अहिले पुनर्निर्माण गरिएको छ ।
देश, विदेशमा बस्ने थकालीहरुबाट चन्दा संकलन गरी २५ लाख लागतमा ह्रव वाचन भवन पुनर्निर्माण गरिएको १३ गाउँका मिरमुखिया जुहार भट्टचनले जानकारी दिए । भवन निर्माण भएसँगै १२ वर्षीय मेलामा पाँडेहरुलाई ह्रव वाचन गर्न सहज हुने भएको छ । बैठक बस्ने र खाना बनाएर खाने व्यवस्थासमेत यहाँ छ ।
सोमबार पुनर्निर्माण गरिएको भवन थकाली थाक सात सय क्षेत्रलाई हस्तान्तरण गरिएको छ । भवनको काम समुदायका थासाङ ३ लेत निवासी नरसिंह शेरचनले जिम्मा लिएका थिए । कार्यक्रममा उनलाई फेदा लगाएर सम्मान गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया