नेता भक्त रसाइलीले त्यागे नेकपा एस

दुलेगौँडा ।
नेकपा एकीकृत समाजवादी पार्टीमा पहिरो जाने क्रम रोकिएको छैन । देशभर नेता तथा कार्यकर्ताहरुले पार्टी र नेतृत्वप्रति असन्तुष्टी जनाउदै पार्टी परित्याग गरिरहँदा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गण्डकी प्रदेश सचिवालय सदस्य भक्त रसाइलीले पनि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
पोखरामा बुधबार पत्रकार सम्मेलन गरी पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मार्फत पारित गरेका दस्तावेज माथि ७ बुँदे असन्तुष्टि राखेर नेता रसाइलीले पार्टी परित्याग गर्ने निर्णय गरेको जानकारी दिए ।
तत्कालीन माओवादी आन्दोलनबाट उदाएका नेता रसाइलीले माओवादीको जनयुद्धलाई सम्मान नगरेको, एमसिसी पारितबारे भ्रम सिर्जना गराएको, समाजवादी क्रान्तिका लागि ठोस पहल कदम नउठाएको, गठबन्धनपूर्ण संसदीय राजनीतिलाई प्राथमिकता दिएको लगायतका असन्तुष्टि राखेका छन् । उनले माओवादीको सिद्धान्त बोकेर अन्य दलमा समाहित भएकोप्रति आत्मालोचना गर्दै स्वतन्त्र माओवादीको भूमिकामा रहने बताएका छन् ।
नेता रसाइलीको पार्टी परित्याग कार्यक्रममा माओवादी पार्टीका विभिन्न घटकमा आवद्ध रहेका नेताहरु हरि चुमान, झलकपाणि तिवारी, बाबुराम सुवेदी, भीम श्रीस मगर, बाम बुद्धिजीवी पर्शुराम कोइराला, साहित्यकार भीम रानाभाट लगायतको उपस्थिति थियो ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया