अमोडा ई५ डीएलएक्स र एसयूभी जेको जे६ पोखरामा

पोखरा ।
पोखरामा अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक भएको छ । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले शुक्रबार गाडी सार्वजनिक गरेको हो ।
कार्यक्रममा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गरिएको थियो । नवीन प्रविधि विस्तारमा अमोडा र जेको गाडीले महत्वपूर्ण कोशेढुंगा हासिल गर्ने कम्पनिको दावि छ ।
इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले अमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएको बताए । ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउने उनको भनाइ छ ।
नयाँ सर्भिस सेन्टर स्थापना गर्ने योजना रहेको उनले बताए । जसले पोखराका ग्राहकलाई अत्याधुनिक प्रविधि र नवीन प्रविधिको बारेमा जानकारी दिनेछ ।
देशैभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसन सहित नेटवर्क विस्तार गर्ने योजना रहेको एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारदाले बताए ।
पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान–स्टप सुविधा उपलब्ध गराएको छ । पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गरिने छ ।
कम्पनिका अनुसार अमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ पर्छ । अमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ ।
जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ तथा थप ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध छ । यसले ४०० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ । यसले ० देखि १०० किलोमिटर दुरी १०.५ सेकेन्डमै पार गर्छ ।
यसमा ६ एयरब्यागका साथै लिथियम आइरन फस्फेट ब्याट्री छ । यसका साथै यो गाडीमा प्यानोरामिक सनरुफ, १५.६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको छ ।
कार्यक्रममा इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल, म्यानेजिङ डाइरेक्टर शिव बराल, उद्योगी, व्यवसायी लगायतको उपस्थिती थियो ।
नेपालका लागि अमोडार जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आधिकारिक वितरकको रुपमा छ । बिगत १४ वर्षदेखि पोखरेली ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको इलाइट मोटर्सले प्रोडक्ट लन्च इभेन्टमार्फत अमोडाको अत्याधुनिक विद्युतीय गाडीका साथै जेकोको अद्वितीय अफरोड अनुभव उपलब्ध गराउने उद्देश्य राखिएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया