मैत्रीय पाठशाला ब्याडमिन्टन च्याम्पियन

पोखरा ।
पोखरा रंगशालामा भएको स्वर्गीय ईन्द्रबहादुर गुरुङ स्मृति विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मैत्रीय पाठशाला च्याम्पियन बनेको छ । शनिबार भएको प्रतियोगितामा १२ अंक बटुल्दै मैत्रीय च्याम्पियन बनेको हो ।
११ अंकसहित मदरल्यान्ड दोस्रो र १० अंक बटुल्दै प्रतिभा माध्यमिक विद्यालय तेस्रो बने । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका छात्र सिंगलतर्फ मैत्रीय पाठशालाका मिजास उदास प्रथम, मैत्रीय पाठशालाकै प्रसिद दुरा द्वितीय, सेन्ट फ्रान्सिसका उज्ज्वल थापा र न्यू मिलिनियमका साइमन भण्डारी तृतीय ठहरिए ।
छात्रातर्फ प्रतिभा माध्यमिक विद्यालयकी सेरिन प्रधानांग प्रथम, मैत्रीयका प्रथिसा शर्मा द्वितीय, रेन्बो एकेडेमीका अभिलासा अधिकारी र बाल प्रतिभा बोर्डिङ स्कुलकी स्वास्तिका तिमिल्सिना तृतीय बने ।
कक्षा ६ देखि ८ सम्मको छात्रा सिंगल्सतर्फ मैत्रीय पाठशालाका निभा राई प्रथम, कास्की मोडनाइज एकेडेमीकी खुसी दाहाल द्वितीय, प्रगति बोर्डिङ स्कुलकी अंशु परियार र स्टेप वाइ स्टेपकी आकृति थापा तृतीय बने ।
सोही स्पर्धामा छात्रतर्फ पोखरा पब्लिक स्कुलका अमृत थापा प्रथम, गेजराज कार्की द्वितीय, सैनिक आवासीय माविका प्रशन्न क्षेत्री र कञ्चनजंगा स्कुलका सक्षम गुरुङ तृतीय भए । कक्षा ९ देखि १० सम्मको छात्रतर्फ हिमालयन बोडिङ स्कुलका साइमन कार्की प्रथम, मैत्रीयका अभिराज शेरचन द्वितीय, प्रगतिका पवन गुरुङ र करुण पौडेलले तृतीय स्थान प्राप्त गरे ।
छात्रातर्फ सेन्ट मेरिजकी दिलसा राना प्रथम, अम्मरसिंह माविका रक्षा फगामी द्वितीय, एसओएसका छिरिङ याङतेन र दावा नाम्दु तृतीय बने । कक्षा ११ देखि १२ सम्मको छात्र सिंगलतर्फ मदरल्यान्डका दीप राना प्रथम, प्रतिभाका सुमित सुनार द्वितीय, मदरल्यान्डकै पृथक गुरुङ र प्रतिभाका विज्ञान भण्डारी तृतीय भए । छात्रातर्फ मदरल्यान्डका विसिस्ता केसी प्रथम र उपसना पौडेल द्वितीय, मदरल्यान्डकै दीपिका आले र एसओएसका छिरिङ डोल्मा लामा तृतीय ठहरिए ।
कक्षा ११ र १२ को छात्र डबल्समा प्रतिभा बोेर्डिङका विज्ञान भण्डारी र सुमित परियारको जोडीले प्रथम स्थान प्राप्त गर्दा अमरसिंह माविका वसन्त पौडेल र निश्चल गुरुङको जोडी द्वितीय, सैनिकका अनुप थापा र सुशन कुँवर र मदरल्यान्डका दीप राना र पृथक गुरुङको जोडीले तेस्रो स्थान प्राप्त गर्यो ।
प्रतियोगितामा उदीयमान खेलाडीको पुरस्कार कास्की मोडर्नाइजका खुसी दाहाल र पोखरा स्पाइरलका गेजराज कार्कीले प्राप्त गरे । विजेता खेलाडीलाई कास्की जिल्ला ब्याडमिन्टन संघका संस्थापक अध्यक्ष जयराम हमाल, सल्लाहकार बाबुराम पन्त, स्वर्गीय ईन्द्रबहादुर गुरुङकी श्रीमती जगदेश्वरी, छोरी कञ्चन, प्रतियोगिता संयोजक विशाल खड्का, सचिव फणीन्द्र तिमिल्सिना, अध्यक्ष सुशील श्रेष्ठ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा ४० स्कुलका १ सय ९५ विद्यार्थी सहभागी थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया