
जोमसोम ।
मुस्ताङ सदरमुकाम जोमसोमका सरकारी कार्यालय जाने बाटोमा आरसिसी सडक निर्माणलाई तीव्रता दिइएको छ । गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोममा पक्की पुलको बाटो हुँदै सरकारी कार्यालय जाने कच्ची सडक स्तरोन्नति योजनाअघि बढाएको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कोलेनिका, प्रहरी कार्यालय, घरेलु, शिक्षा विकास तथा समन्वय इका, सामाजिक विकास, एक्याप, परियोजना कार्यान्वयन इकाइ, डिभिजन वन, भेटेरिनरी अस्पताल, हुलाक, सिँचाई, दुरसञ्चार, निर्वाचन कार्यालय, स्वास्थ्य कार्यालय लगायतका कार्यालय पुग्ने बाटो आरसिसी गर्न थालिएको हो ।
सरकारी कार्यालय जाने बाटो गत वर्ष सालबसाली योजनामा रहेकोमा त्यसलाई पूर्वाधार विकास कार्यालय मुस्ताङले बहुवर्षीय ठेक्का स्वीकृत गरेको कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिए । बर्सेनि सालबसाली ठेक्काले लक्ष्य अनुसार काम नहुने भएकाले बहुवर्षीय ठेक्कामा लगिएको हो ।
गत वर्ष ३० लाख बजेट बिनियोजन भएकोमा निर्माण कम्पनीले १८ लाख भुक्तानी बुझेको थियो । बहुवर्षीय ठेक्कामा गएको सरकारी कार्यालय जाने बाटोको ठेक्का लागत १ करोड ६ लाख २१ हजार छ । पूर्वाधार विकास कार्यालयले सालबसाली ठेक्काको ५ गुणा वृद्धि गर्न पाउने प्रावधान अनुसार सरकारी कार्यालय जाने सडक बाटोको लागत अनुमान बढेको थियो ।
चालु वर्ष सरकारी कार्यालय जाने सडक बाटोमा ३५ लाख ९३ हजार प्रदेश सरकारबाट विनियोजन भएको छ । सदरमुकाम जोमसोम स्थित सरकारी कार्यालय जाने सडक बाटोको मर्मत तथा स्रोन्नतिका लागि जिरेश्वर निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्ष २०८१ जेठ १८ गते ठेक्का सम्झौता भएको सरकारी कार्यालय जाने आरसिसी सडकको सम्पन्न म्याद आर्थिक वर्ष २०८२ जेठ १८ सम्म छ ।
बाटो जिल्ला निर्वाचन कार्यालयदेखि जोमसोम कभर्ड हलसम्म ३ सय ३२ मिटर विस्तार हुने कार्यालयका सूचना अधिकारी रोक्कामगरले बताए । आरसिसी सडकको दुईतर्फ गरी ४ सय १५ मिटरमा नाली निर्माण हुनेछ । सडक चौडासँगै आरसिसी बन्ने र दुवैतर्फ छपनी ढुंगा बिच्छ्याइनेछ । आरसिसी ढलान ६ मिटर चौडा हुनेछ ।
योजनाको पछिल्लो भौतिक प्रगति २५ प्रतिशत छ । कार्यालयका अन्य योजनाको रकमान्तरबाट बजेट खर्चिएर चालु आर्थिक वर्षभित्रै सरकारी कार्यालय जाने सडक बाटो मर्मत तथा स्रोन्नति सक्ने सूचना अधिकारी रोक्काको भनाइ छ ।
यसअघि जोमसोम पक्की पुलदेखि जिल्ला निर्वाचन कार्यालयसम्मको करिब ३ सय मिटरसडकमा चरणवद्ध रुपमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले आरसिसी सडकसहितको मर्मत तथा स्तरोन्नति भएको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया