खेलकुद पत्रकारलाई सहाराको ५१ हजार सहयाेग

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा सहारा क्लबले ५१ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबको २६ औं वार्षिकोत्सवको अवसरमा आइतबार गण्डकी प्रदेशकाा सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र क्लब अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरे ।
यसअघि मञ्च गण्डकीको अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार १ सय ११, फोटोपत्रकार सुदर्शन रञ्जितले २५ हजार र अध्यक्ष दीननाथ बरालले १० हजार रुपैयाँ सहयोग गरेका छन् । मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ । कोषमा अहिले ब्याजसहित एक लाख रुपैयाँ जम्मा भएको छ ।
उक्त अवसरमा क्लबका मानार्थ सदस्य एवं अग्रज पत्रकार नारायण कार्कीले अमेरिकाको क्यान्सस राज्यको ओभरल्यान्ड पार्कमा बसोवास गर्ने नेपाली समुदायबाट संकलित २ लाख १७ हजार ९ सय ७७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
क्लबले यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरेको छ । उननलाई नगद २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले शर्मालाई पुरस्कार दिन सिफारिस गरेको थियो ।
सहारा उत्कृष्ट सदस्य सम्मान लीलबहादुर थापालाई प्रदान गरिएको छ । थापा क्लबमा २ कार्यकालसम्म सहकोषाध्यक्ष थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया