पल्सर एनएस २०० पोखरामा

समाधान संवाददाता २०८१ असोज १ गते १६:१२

पोखरा ।
बजाज मोटरसाइकलको पोखराका लागि आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्सले नयाँ बजाज पल्सर एनएस २०० मोटरसाइकल मंगलबार सार्वजनिक गरेको छ ।

Advertisement


मोटरसाइकलमा ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलका सुविधा छन् । साथै पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन छ । मोटरसाइकलमा ट्रिपल स्पार्क फोरभल्भ इन्जिन उपलब्ध छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्ने कम्पनिले बताएको छ ।


पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पल्सरका मोटरसाइकल प्रविधिमैत्री भएकाले युवाको रोजाइमा परेको बताए । पल्सरका पार्टस् तथा सेवा सुविधा ग्राहकलाई सहजै उपलब्ध गराउन सकेमा प्रभावकारी रहने उनको भनाइ छ ।
बजाजका मोटरसाइकल नेपालको भुगोल सुँहाउदो हुने बताउँदै गाडीमा भन्दा बढि एड्भान्स मोटरसाइलक उत्पादन भएको बताए ।


कम्पनिका संस्थापक अध्यक्ष इच्छामन बुद्धाचार्यले सरकारले व्यवसायीका समस्या नसुनेका गुनासो गरे । आर्थिक मन्दिले व्यवसायमा असर पार्दा व्यवसायी रोएर हिड्नुपर्ने अवस्था भएको उनले सुनाए । व्यवसायीका समस्या समाधान गर्न व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ ।


कार्यक्रममा नव निर्वाचित पोखरा उद्योग बाणिज्य संघका पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनिका निर्देशक रत्नमाया बुद्धाचार्य, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा लगायतको उपस्थिति थियो ।

Advertisement


कम्पनिका अनुसार मोटरसाइकलको मुख्य विशेषता ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ, ब्लुटुथ, टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा हुन् ।


अपसाइड–डाउन फ्रन्ट फोक्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ । मोटरसाइकलको मुल्य रु. ४,४४,९०० रहेको छ ।

कम्पनीले दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हातहातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।


बजाजको यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउने छन् । साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनेछन् । त्यस्तै क्यासब्याक अफरमा ६ हजार देखि १ लाख रुपैयाँ सम्म क्यास जित्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया