ग्रीन डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ग्यालेक्सी हस्पिटलमा छुट सम्झौता

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरु र उनका आश्रित परिवारका ग्यालेक्सी हस्पिटलसँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापछि बैंकका ग्राहकले ग्रीन डेबिट कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलमा उपलब्ध युएसजी, इसिजी, एक्सरे, बेड चार्ज, प्याथोलोजी सेवा, हेल्थ प्याकेजलगायतमा १५ प्रशितसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
पोखरा १०, उत्तमचोकस्थित सुविधासम्पन्न ग्यालेक्सीले विभिन्न रोगका विशेषज्ञ चिकित्सहरुद्वारा आधुनिक प्रविधियुक्त उपकरणबाट विशेषज्ञ स्वास्थ्य सेवाहरु प्रवाह गर्दै आएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वा र ग्यालेक्सी हस्पिटल प्रालिका तर्फबाट अध्यक्ष वरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डा। हेमन्त मानन्धरले हस्ताक्षर गरेका छन् । कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दीपेन थापा र बैंकको बुद्धचोक शाखाका शाखा प्रबन्धक मानबहादुर शाहीको समेत उपस्थिति थियो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया